सधैं सेवामा समर्पित उनै इश्वरले गरे एन. आर.एन. ए. कतारको दिप्तिय उपाध्यक्षमा उम्मेदवारी घोषणा (भिडियो सहित)

0
510

पाल्पा जिल्लाको रम्भा गाउँपालिका १ हुँगी साठीबजारमा सामान्य परिवारमा जन्मेका युवा इश्वर काफ्ले स्वदेश र बिदेश दुबै स्थानमा उत्तिकै लोकप्रिय छन् ।

उनी रोजीरोटीको सिलसिलामा १८ वर्षदेखि कतारमा छन् । नेपालमै जागिर गरेको भएपनि पेन्सन पाक्ने बेला भइसक्यो । खाडी मुलुक जहाँ उनी पुग्दा देश साच्चिकै खाडी नै थियो । अहिले धेरै बिकास भयो । जसमा इश्वर काफ्ले जस्ता लाखौ नेपालीहरुको पनि उत्तिकै योगदान छ ।
इश्वर काफ्ले पाल्पालीका लागि कुनै नौलो नाम होइनन् । उनले पाल्पाको गाउँ हुँगी र यस क्षेत्रका बिरामीहरुले एम्वुलेन्स अभाव अस्पताल आउन जान पाएको समस्या बुझे । नेतृत्व गरे र गाउँमा एम्वुलेन्स ल्याए । नेपाल आउँदा उनले हरेक समय सामाजिक कार्यमै बिताउँछन् । दिनदुखी र असहायका लागि उनी साहारा नै बनेका छन् ।

धेरैले बिदेशमा पैसा कमाएपछि आफ्नो जन्मभुमि बिर्सेका छन् । विदेशमा पनि स्वार्थीपन देखाउँछन् । तर इश्वरमा कुनै घमण्ड छैन । उनले कतारमा धेरै अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गरेका छन् । उनी पाल्पालीका लागि मात्रै हैन समग्र नेपाली कतारमा बस्ने नेपालीहरुका लागि समेत गौरवका पात्र हुन् ।

गैर आवासीय नेपाली संघ ( NRNA. NCC ) को निर्वाचनबाट २०१९-२०२१ कार्यकालको लागि संस्थाको द्धितिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनको यो घोषणासँगै कतारमा रहेका नेपालीहरु निकै खुशी भएका छन् । सामाजिक सञ्जाल मार्फत उनको बिजयीका लागि अभियानहरु नै चलेका छन् ।


उम्मेद्वारी घोषणासँगै इश्वर काफ्लेको प्रतिबद्धता यस्तो छः

गैर आवासिय नेपाली संघ NRNA. NCC का आदरणीय मानार्थ सदस्य ज्युहरु, गल्फ संयोजक एवंम उप संयोजक ज्युहरु, NRNA. NCC सदस्य ज्युहरु, NRNA. NCC सम्बद्ध दिग्गज अग्रज हरु, कतारका सम्पूर्ण मित्रहरु, बौद्धिक व्यक्तित्वहरु, सामाजिक अभियन्ता आदरणीय मित्रहरु साथै सम्पूर्ण प्रवासी मित्रहरूमा सादर नमस्कार ।

म ईश्वर काफ्ले, विगत अठार वर्ष देखि कतारलाई कर्म क्षेत्र बनाएर जीविकोपार्जन गर्दै आइरहेको छु । नेपाली माटोमा हुर्किएको म एकजना साधारण युवा, आफ्नो माटोमै हुर्कने फल्ने,फुल्ने इच्छा हुँदाहुँदै पनि त्यो सम्भव हुन सकेन । जसरी आम नेपाली मजदुर दाजुभाइ परदेश हिँड्न बाध्य हुनुहुन्छ , त्यही बाध्यताले डोर्याएर म पनि कतारको राजधानी दोहा आइपुगेको हुँ ।

आफ्नो नियमित जागिरको अलावा प्रवासमा रहेका नेपाली हुन् या स्वदेशमै रहेर पनि अप्ठेरोमा परेका नेपाली नै किन नहुन म आजसम्म आफ्नो बल बुताले भ्याए सम्म संस्थागत र व्यक्तिगत तवरमै पनि दीन दुखीको सेवा र सहयोगको लागि सदैव तत्पर रहँदै आइरहेको छु ।

हामी सबैलाई थाहा छ, साधारण र सामान्य कमाईमा गुजारा गरिरहेका हामीहरूलाई आफ्नो गास ,बास र कपास अनि परिवारको आवश्यकता भन्दा बाहिर गएर अन्य शिर्सकमा खर्च गर्न निकै धौ धौ हुने गर्दछ । तर हामी नेपाली दाजुभाई दिदीबैनीहरुको मन निकै उदार हुन्छ, मैले आँटे ताकेका तमाम कामहरूमा यस्तै दाता र दयालु मनहरूबाट धेरै नै सहयोग प्राप्त गर्दै आइरहेको छु ।
दाङमा घरबार विहीन वृद्ध जोडीलाई घर बनाउने काम होस् अथवा पाल्पा रम्भा गाउँ पालिकामा एम्बुलेन्स सञ्चालन गर्ने देखि लिएर दृष्टि विहीन विद्यार्थीहरूलाई पठन पाठनको लागि छात्रवृत्तिको व्यवस्था गर्नको लागि होस,आजसम्म मेरो हातमा हात र काँधमा काँध मिलाएर मलाइ हौसला दिने तमाम मित्रहरू प्रति फेरि पनि आभार व्यक्त गर्न चाहन्छु ।

वसन्त फिल्म्स प्रालि कम्पनी मार्फत नेपाली कला र संस्कृतिलाई जोगाउन, फैलाउन र लोक संस्कृतिको जगेर्ना गर्ने हेतुले हामीले कैयौँ पटक सांस्कृतिक कार्यक्रमहरू गर्यौँ कतारमा । मनोरञ्जन गर्न चाहने तमाम दाजुभाइ दिदीबैनीहरुलाई निःशुल्क रूपमा कार्यक्रममा प्रवेशको व्यवस्था समेत गर्यौँ र नेपालबाट अन्य नेपाली कार्यक्रममा आउनुभएका सकेसम्म धेरै कलाकार ज्युहरूलाई सम्मान गर्ने कार्यक्रमहरू पनि राख्यौँ । जो जसले मलाइ ती तमाम कार्यमा संस्थागत या व्यक्तिगत तवरमा सहयोग गर्नुभयो म आफू वसन्त फिल्मस्को संस्थापक भएको नाताले सम्पूर्ण मित्रहरूमा आभार प्रकट गर्न चाहन्छु ।

हामी नेपालीहरू फरक फरक जिल्लाबाट यहाँ आएका छौँ । त्यसरी नै हामी सबैका आ आफ्ना जिल्ला सेवा संस्थाहरू पनि बनाएका छौँ । जिल्लावासीहरूलाई एकताको सूत्रमा बाँधेर सुख दुस्ख आदान प्रदान गर्ने र जिल्लाको विकासको निम्ति समेत काम गर्ने उदेश्यले स्थापना भएको ‘पाल्पा सेवा समाज कतार’ को मेरो अध्यक्षको कार्यकाल भर्खरै सकिएको छ । आसन्न निर्वाचनबाट नयाँ कार्यसमिति मार्फत संस्था अगाडी बढिरहेको छ । म अध्यक्ष हुँदा मलाई सल्लाह सुझाव मार्फत होस् या आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरूमा भित्री हृदय देखि नै आभार व्यक्त गर्न चाहन्छु ।

नमस्ते नेपाल हातेमालो संस्था कतार शाखाको संस्थापक अध्यक्ष, ठकुरी सहयोग संजालको मानार्थ सदस्य, लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालको मानार्थ सदस्य साथै प्रतिष्ठान कतार शाखाको सस्थापक सल्लाकार, पाल्पा सेवा समाजको निवर्तमान अध्यक्ष जस्ता जिम्मेवारीका पदमा रहेर मैले जे जति कार्यहरु गर्न सकें त्यसको मुल्यांकन आगामी समयले गर्नेनै छ । अझ धेरै सामाजिक कामहरुको निरन्तरताको लागि मैले सम्पूर्ण बैचारिक संस्थाका मित्रहरू, जिल्ला संस्था एवम् सामाजिक साहित्यिक सबै किसिमका संस्थाहरूमा रहनुभएका मित्रहरू साथसाथै कुनै पनि संस्थामा आबद्ध हुन नसक्नु भएका, आबद्ध हुन समय परिस्थिति नमिलेर संस्थागत अवस्था भन्दा बाहिरै रहनुभएका तमाम कर्म्जिवी मित्रहरू समक्ष आज अर्को एउटा अनुरोध गर्न गइरहेको छु ।

कतारमा हामी नेपालीहरूको छाता संगठन भनेको गैर आवासीय नेपाली संघ नै हो । हामीहरूको अभिभावक संस्था भनेपनि, हाम्रो सर्वोच्च निकाय भनेपनि अथवा हामी श्रमजीवी हरूको हकहितमा काम गर्ने संस्था भनेपनि गैर आवासीय नेपाली संघ ( NRNA. NCC ) नै हाम्रो आधिकारिक र मान्यता प्राप्त संस्था हो । आज सम्म मैले गरेका सामाजिक कामहरू र सेवाभावले मैले सम्पादन गरेका कामहरूलाई नियालेर हेर्दा अब थप सामाजिक काम गर्नको लागि यस पटक हुन गइरहेको जाने र सोही छाता संस्था मार्फत सामाजिक कामहरू अगाडी बढाउने निर्णय गरेको छु ।


तसर्थ यस पटक हुन गइरहेको गैर आवासीय नेपाली संघ ( NRNA. NCC ) कतारको निर्वाचनमा मैले दिप्तिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु । प्रजातान्त्रिक पद्धति अनुसारको निर्वाचनमा सामेल र सहभागी भई प्रवासी दाजुभाइ दिदिबैनिहरुले मलाई प्रदान गरेको भोटलाई उच्च सम्मान गर्नेछु भन्ने बचनबद्दता पनि यसै विज्ञप्ति मार्फत जनाउन चाहन्छु ।

साथै आगामी समयमा दिलोज्यानले अफ्ट्यारोमा परेका नेपाली दाजुभाइ तथा दिदीबैनी हरूको सेवामा समर्पित हुनको लागि अनि हामीजस्ता तमाम मजदुर युवा साथिहरूलाई संस्था प्रति आकर्षित गराउँदै नेपाली समुदायलाई एउटा सूत्रमा एकताबद्द गराउनको लागि मैले सकेसम्मको पहल गर्नेछु । त्यो पहलकदमीको लागि मेरा अनन्य पार्षद मित्रहरूले मलाई निर्वाचनमा आफ्नो अमूल्य भोट दिएर विजयी बनाउनुपर्ने हुन्छ । म आशावादी छु कि मतदाता पार्षद मित्रहरूको नजरमा म एक सक्षम उम्मेदवार ठहरिने छु ।

ईश्वर काफ्ले 
पाल्पा रम्भा गाउँपालिका वडा १ 
हाल दोहा कतार्

दिप्तिय उपाध्यक्ष पदको आकांक्षी।
QA0003057

धन्यवाद ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।