प्राविधिक शिक्षाका सहभागीहरुलाई प्रमाण पत्र वितरण

0
82

पाल्पा । निशुल्क ३९० घण्टे हाउस होल्ड प्लम्बिङ तालिमको तानसेनमा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।


प्रदेश सरकार प्रदेश न. ५ सामाजिक विकास मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्ज बाँकेको आर्थिक सहयोग तथा शिव इन्टिच्युट अफ मल्टि टेक्निकल एजुकेशन प्रा लीको प्राविधिक सहयोगमा तानसेन नगरपालिका वडा नं. ३ मा संचालन भएको हाउस होल्ड प्लम्बिङ तालिम को आज प्रमाणपत्र वितरण गरिएको हो ।


व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्ज बाँकेका प्रमुख जेन्टल गौतमको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै गौतमले अब मुलुक प्राविधिक विषयमा अगाडि बढेको र प्रविधि संगै प्राविधिक विषयको खाचो रहेको बताए । अतिथि तानसेन नगर वडा नं. ३का जनप्रतिनिधि प्रेम मल्ल,स्कील नेपालका प्रमुख रानाभाट,प्रशिक्षक राज कुमार राजभण्डारी लगायतले बोल्दै स्वरोजगार बन्न यस्ता तालिमले महत्वपूर्ण भूमीका खेल्ने बताए ।


संस्थाका तालिम संयोजक राज कुमार खड्काको स्वातग मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका प्रमुख नारायण भट्टराईको सभापतित्व र संस्थाका निर्देशक कमल प्रसाद भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।