रामपुर साहित्यिक प्रतिष्ष्ठानको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

0
191

सुशीला रेग्मी । रामपुर
रामपुर साहित्यिक प्रष्ष्ठिानको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा राधाकृष्ण मन्दिर रामपुर नगरपालिका वडा नं ५ मा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष ढकालले संस्था स्थापना देखि हालसम्मका गतिविधिबारे जानकारी गराउनुभयो । रामपुर क्षेत्रमा लुकेर रहेका साहित्य श्रष्टाहरु संस्था गठन भएपछि संस्थागत रूपमा अगाडि बढेको र पछिल्लो समय साहित्यमा विभिन्न उमेर समुहको आकर्षण बढेको अध्यक्ष ढकालले बताउनुभयो ।

प्रमुख अतिथि लुम्बिनी वाङमय प्रतिष्ष्ठान पाल्पाका अध्यक्ष कृष्णकला भण्डारी रहनु भएको थियो । प्रमुख अतिथि भण्डारीले अन्य साहित्यिक संस्थाको तुलनामा यस संस्थाले रचनात्मक कार्य गरेको बताउनुहुदै संस्थका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संस्थाका सचिव गोविन भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष हुमा देवकोटाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव गोविन भट्टराईले गर्नुभएको थियोे । कार्यक्रममा साहित्यकार दिपकमणि अर्याल र राधाकृष्ण मन्दिरका अध्यक्ष शिवकुमारी वाग्लेलाई सम्मान गरिएको थियो । अधिवेशनले मित्रलाल गौतम अध्यक्ष रहेको ११ सदस्यीय नया साहित्यिक प्रतीष्ठान गठन भएको छ ।

समितिको उपाध्यक्षमा हुमा देवकोटा, सचिवमा दिपकमणि अर्याल, सह सचिवमा शोभा केसि, कोषाध्यक्ष कुन्तादेवि गैरे, सदस्यहरुमा समीर पौडेल, नारायण प्रसाद ओस्ति, मनोज भुजेल, दानस मल्ल, तारा तिवारी, नोलराज भण्डारी र सरिता रेग्मी रहनुभएको छ । नवनिर्वाचित समितिका अध्यक्ष मित्रलाल गौतमले संस्थाको नीति नियममा रहेर काम गर्ने प्रतिवद्द्ता जनाउनुभयो ।संस्थाका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले साहित्यिक प्रतिष्ठानले रामपुरमा हरेक महिना नियमित रचनावाचन गरेर छरिएर रहेका साहित्यिक श्रष्टालाई एकिकृत गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here