प्रदेश ५ स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

0
205

दयाराज न्यौपाने । पाल्पा
बुधबारदेखि पाल्पामा शुरु भएको प्रतियोगितासम्पन्न भएको हो । १६ स्वर्ण १४ रजत र ११ काँस्य गरि कुल ४१ पदक जित्दै दाङ जिल्लाले रनिंग शिल्डको ट्रफी उचालेको छ ।


त्यस्तै १० स्वर्ण ७ रजत र ११ काँस्य गरि कुल २८ पदक जित्दै बांके जिल्ला दोस्रो तथा ८स्वर्ण ४रजत गरि कुल १२ पदक जित्दै रोल्पा जिल्ला तेस्रो भएको छ भने ५ स्वर्ण ३ रजत र ५ काँस्य गरि कुल १३ पदक जित्दै रुपन्देही चौथो , ४ स्वर्ण ८ रजत र ११ काँस्य गरि कुल २३ पदक जित्दै बर्दिया पाचौँ, ३ स्वर्ण ५ रजत र ९ काँस्य गरि कुल १७ पदक जित्दै कपिलबस्तु जिल्ला छैटौ,३ स्वर्ण ३ रजत र ५ काँस्य गरि कुल ११ पदक जित्दै नवलपरासी सातौ,१ स्वर्ण १ रजत र २ काँस्य गरि कुल ४ पदक जित्दै पाल्पा आठौ, २ रजत र ३ काँस्य गरि कुल ५ पदक जित्दै पूर्वी रुकुम नवौ, २ रजत र २काँस्य गरि कुल ४ पदक जित्दै गुल्मी जिल्ला दशौ,१ रजत र ४ काँस्य गरि कुल ५ पदक जित्दै प्युठान ११औ र ३ काँस्य पदक जित्दै अर्घाखाची १२ औ भए ।

८ जिल्लाले स्वर्ण पदक सहित अन्यपदक हात पारेको छ भने ४ जिल्लाले स्वर्ण पदक प्राप्त गर्ने सकेनन् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ३ दिन सम्म चलेको प्रतियोगितामा बिभिन्न कवड्डी महिला पुरुष ,कराते ,तेक्वान्डा, डब्लुटिएएफ उसु,एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि,३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ह ४ रिले र ४०० ह ४ रिले लगाएतका खेलमा बर्दीया बाके,दाङ्ग,रुकुम पूर्व,व्युठान,कपिलबस्तु,नवलपरासी,रुपन्देही अर्घाखाची,गुल्मी र पाल्पाका गरी १२ जिल्लाका ११ सय खेलाडीहरुले बिभिन्न बिधामा प्रतिस्पर्धा गरेका थिए ।


शुक्रबार सम्पन्न भएको खेल अन्र्तरगत भलिबल पुरुषतर्फ पाल्पा प्रथम रोल्पा दोस्रो तथा रुपन्देही तेस्रो भयो । महिलातर्फ रुपन्देही प्रथम , दाङ दोस्रो तथा पुर्ब रुकुम तेस्रो भयो ।कपर्दी पुरुषतर्फ नवलपरासी प्रथम , दाङ दोस्रो तथा अर्घाखाँची र रुपन्देही तेस्रो भए । महिलातर्फ नवलपरासी प्रथम , दाङ दोस्रो तथा अर्घाखाँची र बर्दिया तेस्रो भयो । एथ्लेटिक्समा दाङ प्रथम, बाँके दोस्रो तथा बर्दिया तेस्रो भयो । यस अघि तेक्वान्दो र उसुमा बांके तथा करातेमा रोल्पा प्रथम भईसकेको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, ५ नम्बर प्रदेशको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रदेश प्रतियोगिताबाट छनौट भएका १०५ जना खेलाडी यहि असार २९ गतेदेखी काठमाडौंमा आयोजना हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको छ ।

बिजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले पुरस्कार बितरण गदै खेलकुदले जिवनका हरेक गतीबिधीलाई सवल र शसक्त बनाउदै लैजाने बताउदै खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहेको कुरामा जोड दिदै प्रतेक खेल बिद्याले राष्ट्रिय रुपमा पहिचान निमार्णमा सहयोग गर्ने बिश्वास व्यक्त गदै खेलकुदको बिकासमा सबै क्षेत्रको भुमिका अहम रहनु पर्ने बताउनु भएको छ ।


सभामा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती ५ नम्बर प्रदेशका उपाध्यक्ष नरेन्द्र थापा, पाल्पा नगरपालिकाका प्रमुख अशोक कुमार शाही, खेलकुदका क्षेत्रीय सदस्य चन्द्रमणी गैरे, वसन्त जिआर,पत्रकार महासङ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्ले लगायतले पुरस्कार, प्रमाणपत्र ,पदक तथा ट्रफी प्रदान गरेका थिए ।