पाल्पाको सिद्धेश्वर गाउँमा झाडा पखालाबाट ५० जना बढी बिरामी, उपचार चल्दै

0
1096

पाल्पा । रैनादेवी छहरा १ सिद्धेश्वरमा झाडापखालाले एकै गाउँका ५० जना भन्दा बढी बिरामी परेका छन् । लगातारको झरीले गाउँमा पानी दुषित भएका कारण गाउँका प्राय जसोलाई झाडा पखाला भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।


अहिले झाडा पखलाले महामारीको रुप लिन थाले पछि जिल्ला अस्पतालबाट डक्टर गगन अधिकारी सहितको टोली प्रभावित क्षेत्रमा पुगेर अस्थायी क्याम स्थापना गरेर औषधी उपचारमा लागेको रानाले बताए ।


बिहीबार बाट फैलिएको झाडा पखालाका कारण ४ जना बिरामीको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।