इन्दिरा र सम्झनाको शिरफुल बजारमा (भिडियो सहित)

0
583

पाल्पा । लोक तथा दोहोरी गायिका इन्दिरा गैरेले यस वर्षको तीज पर्वलाई लक्षित गर्दै तीज गीत संग्रह कोरियन साडी २ शिरफुल बजारमा ल्याएकी छन् ।


गायिका गैरेकै अघिल्लो वर्षको गीति संग्रह कोरियन साडीले निकै चर्चा पाएको थियो । यसअघि उनले दर्जन बढी गीत बजारमा ल्याइसकेकी छन् । सबै गीत राम्रो चर्चा पाएका छन् । ताजा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको यो वर्षको गीतमा इन्दिरा गैरे र सम्झना लामिछानेको स्वर रहेको छ । जसमा लय तथा शब्द लोकप्रिय सर्जक शरद पाण्डेको रहेको छ भने एरेन्ज सुदिप सागरले गरेका छन् ।


जुन गीतको म्युजिक भिडियो चर्चित मोडल अञ्जली अधिकारी र सोम्या श्रेष्ठले नृत्य गरेका छन् । गीतमा निर्देशन तथा कोरियोग्राफर काजिश श्रेष्ठले गरेका छन् । छायांकन सागर गौतम र सम्पादन दिपक बिष्टको रहेको छ । यो गीतको दृश्य निर्माण सुर्यबिनायक फिल्मसले गरेको छ ।
सार्वजनिक भएको केही समयमै यो गीतले युट्युवमा समेत राम्रो चर्चा पाएको छ । गीत तथा भिडियो राम्रो बनेकोले गीतले चर्चा पाउने बिश्वास गरिएको छ ।


गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।