प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता पाल्पामा सुरु

0
187

दयाराज न्यौपाने । पाल्पा
पाल्पामा प्रदेश ५ को अन्तर जिल्ला प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता पाल्पामा सुरु भएको छ ।


पाल्पा तानसेनको टुडिखेल खेल मैदानमा सुरु भएको खेलमा प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा पुर्व उधोग मन्त्री सोम प्रसाद पाण्डेले खेल सामाग्री हस्तान्त्रण गदै उद्घाटन गरे । समारोहलाई सम्बोधन गदै मन्त्री पाण्डेले खेल क्षेत्रले राष्ट्रीयताको बिकासमा पु¥याएको योगदानको उच्च कदर गदै राज्य खेल क्षेत्रको बिकासमा सदैव लागी पर्ने बताए ।
समारोहमा प्रदेश नं ५ का सांसद नारायण प्रसाद आचार्यले खेलकुदले हरेक जिवनका गतीबिधीलाई सवल र शसक्त बनाउदै लैजाने बताउदै खेलकुदलाई अपन्तत्व लिनु पर्नेमा जोड दिए ।


कार्यक्रममा जिल्ला समन्वय समीती पाल्पाका प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही ,जिल्ला खेलकुद बिकास समीतीरुपन्देहीका अध्यक्ष योग गुरुङ्ग , लगाएतलेबोल्दै हरेक खेल समाजको अभिन्न अगं बनाउदै लैजादै अन्तराष्ट्रिय रुपमा प्रतिस्पधामा जान सक्ने बनाउनु मुख्य भमिका हुनु पर्नेमा जोड दिए ।


प्रदेश अध्यक्ष भिम ओलील पाल्पालाई खेलकुदको हव बनाउन पहल गरेको बताउदै खेल पर्यटनको बिकास सगै सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्ने पहल गरेको बताए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ३ दिन सम्म चल्ने यस प्रतियोगितामा बिभिन्न कवड्डी महिला पुरुष ,कराते ,तेक्वान्डो, ,एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि,३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ह ४ रिले र ४०० ह ४ रिले लगाएतका खेल संचालन हुने प्रदेश अध्यक्ष भिम खोलीले जानकारी दिए ।


पाल्पाका टुडखिेल खेल मैदान, दमकडा खेल मैदान, फुलबारी खेल मैदान सामुदायिक कवडहल,बाल मन्दीर लगाएतका खेल मैदान र स्थानमा खेल संचालन हुने सह आयोजक जिल्ला खेलकुद बिकास समीतीका अध्यक्ष करुणा काफ्लेले बताए ।


प्रतियोगितामा बर्दीया बाके,दाङ्ग,रुकुम पूर्व,व्युठान,कपिलबस्तु,नवलपरासी,रुपन्देही अर्घाखाची,गुल्मी र पाल्पाका गरी १२ जिल्लाका ११ सय खेलाडीहरुले बिभिन्न बिधामा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम प्रदेश सदस्य चन्द्रमणी गैरको संचालन प्रदेश अध्यक्ष भिम वलीले अध्यक्षता र पाल्पा जिल्ला अध्यक्ष करुणा काफ्लेको स्वागत मन्तव्यमा कार्यक्रम चलेको हो ।
पहिलो दिनको महिला कवडी पूरुष कवडी तेक्वान्दो र पूरुष भलिबल तथ करातेका खेलहरु संचालन भएका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।