प्रहरी चौकीलाई विपद व्यवस्थापन सामग्री प्रदान गरियो

0
195

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका पाल्पाले विपद व्यवस्थापन सम्बन्धी विभिन्न सामाग्रीहरु प्रहरी चौकीलाई प्रदान गरेको छ । गाउँपालिकाले ताहुँ प्रहरी चौकी, हुँगी प्रहरी चौकी तथा राम्दी प्रहरी चौकीलाई एक कार्यक्रम गरि विपद व्यवस्थापन सम्बन्धी सामग्री प्रदान गरेको हो ।

सामाग्री वितरण कार्यक्रममा वर्षातको बेला सम्भावित दुर्घटना बारे सजग र सचेत रहन सहयोगी भूमीका निभाउन प्रहरीहरुको महत्वपूर्ण भूमिका रहने प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

वितरण कार्यक्रममा ताहु, हुगी र राम्दी प्रहरी चौकीलाई २÷२ थान स्टे«चर, २÷२ थान गैंटी, २÷२ थान बेल्चा, २÷२ थान बाल्टिन, २÷२ थान कोदालो, ४÷४ थान हेल्मेट, १÷१ थान बन्चरो, २÷२ जोर गमबुट, २÷२ थान पानीमा तैरने ट्युब लगायतका सामग्री प्रदान गरिएको प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाले बताए ।

रम्भा गाउँपालिकाले यस अगाडी वडा अध्यक्षहरु मार्फत पाँच वटै वडामा पनि विपद व्यवस्थापनका सामग्री वितरण गरेको थियो । वितरण कार्यक्रम रम्भा गाउँपालिका विपद व्यवस्थापन समितिका संयोजक एवम वडा नं. २ का वडाअध्यक्ष थमनबहादुर गाहाको अध्यक्षता तथा सामाजिक विकास शाखा प्रमुख तीर्थप्रसाद भट्टराईको संचालनमा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।