स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न

0
119

एवत सारु । (रम्भा) पाल्पा
फोक्सिङ्गकोट स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको छ । पछौटेपन उन्मूलन समाज बेसका कार्यकारी निर्देशक शालिकराम पाण्डे तथा फिल्ड सुपरभाईजर कुश्माखर पाण्डेको सहजीकरणमा भएको परीक्षण कार्यक्रममा स्थानीय सरोकारवालाहरुको उपस्थिती रहेको थियो । परीक्षण कार्यक्रममा फोक्सिङ्गकोट स्वास्थ्य चौकीका प्रमुख हजारीलाल पटेलले स्वास्थ्य चौकीले हाल सम्म गरेका कार्य उपलब्धिबारे जानकारी गराएका थिए ।

प्रमुख अतिथि रम्भा गाउँपालिका स्वास्थ्य शाखा उप संयोजक शिवप्रसाद अर्यालले फोक्सिङ्गकोट स्वास्थ्य चौकीले विगतको तुलनामा धेरै स्वास्थ्य स्वास्थ्य सुचकमा सुधार गरेको बताउदै गाउँपालिकाले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा गर्ने कार्यहरु बारे जानकारी गराए । कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम वडा अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो ।