मिर्मी बजारमा अनुगमन, अखाद्य बस्तु बरामद् गरि नष्ट गरियो

0
873

बिष्णु पाण्डे । (कालीगण्डकी) स्याङजा
कालीगण्डकी गाउँपालिकाको मिर्मीमा बजार अनुगमन भएको छ । अनुगमनका क्रममा बजारमा रहेका अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ बिक्री गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालको संयोजकत्वमा रहेको बजार अनुगमन टोलीले नष्ट समेत गरेको छ ।

टोलीले अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका पसलमध्ये आठ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो ।

बजार अनुगमन टोलिका संयोजक एवं गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश खनालले बजारमा गरेको अनुगमनमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ आदि फेला परेपछि बरामद् गरि नष्ट गरिएको बताए । साथै पसलधनीहरुलाई अबउप्रान्त यस्ता गतिविधी नगर्न समेत आग्ह गरेको उनले बताए । साथै उनले कालिगण्डकी गाँउपालिकाबासीको स्वास्थ्यमा असर गर्ने किसिमका सामाग्रीको विक्री वितरण गरेको पाइएमा कारवाहीको दायरामा समेत ल्याइने बताए ।

अनुगमन टोलीले गाउपालिकाको ७ नं वडाको मिर्मीका विभिन्न पसलहरुमा भेटिएका त्यस्ता सामानहरुको बरामत र नष्ट गरेको छ । टोलीले सुरज मेडिकल हलबाट १० प्रकारका औषधीहरु,कृतिका एण्ड किस्मत किराना पसलबाट विस्कुट जुस र चिप्स,राजेश किराना फलफुल तथा तरकारी पसलबाट पाइनापल जुस,दुर्गा न्यौपाने किराना पसलबाट चिसो,घ्यु र जुस,मिर्मिरे होटलबाट जुस,बर्षा किराना पसलबाट मसला,हरिकृष्ण होटल एण्ड लज बाट सोडा बरामत गरेको र त्यस्ता सामाग्रीको नष्ट गरिएको साथै एकपटकलाई चेतावनी मात्रै दिएको र भोलिको दिनमा सुधार नगरी यस्तै गरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्ने समेत प्रमुख प्रशासकिय अधिकृत खनालले जानकारी दिएका छन् ।

गाँउपालिकाले बजार अनुगमन निर्दे्शिका २०७५ जारी गरेर ऐन बमोजिम अनुगमनलाई निरन्तरता दिएको हो । प्रमुख प्रशासकिय अधिकृत खनालको संयोजकत्वमा कार्यपालिका सदस्यहरु, कार्यालयका लेखा,स्वास्थ्य,प्रशासन शाखाका कर्मचारीहरु, समाजशेवी, पत्रकार र सुरक्षानिकायका प्रतिनिधिहरुको समेत सहभागितामा अनुगमन गरिएको थियो । टोलीले गाँउपालिका भरि नै अनुगमन गर्ने बताइएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।