पुर्वखोलामा फलफुलका बिरुवा बितरण, पकेट क्षेत्र बनाउने तयारी

0
347

डिल्लीराज पंगेनी । (पुर्वखोला) पाल्पा
पूर्वखोला गाउपालिकाले कृषि तथा फलफुललाई आत्म निर्भर गराउने उद्देश्यका साथ कागती र सुन्तालाको पकेट क्षेत्र बनाउन लागेको छ ।


गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सुन्तला कागती, अलैची, कफिको बिरुवा बितरण गरेको छ । गाउपालिकाले वडा न ३ रिङ्नेरह र वडा न ६ हेक्लाङ लाई कागती पकेट क्षेत्रको रुपमा वडा न ५ बिरकोट र वडा न १ सिलुवालाइ सुन्तला पकेट क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्य बनाएको गाउँपालिकाका प्राबिधिक सन्तोस कडेलले बताए ।


गाउँपालिका भित्र १० हजार सुन्तला १० हजार कागती १५ सय अलैची १५ सय कफी बितरण गरेको र कफी र अलौचिको सम्भाव्यता अध्यनको लागी देबिनगर जल्पा र हेक्लाङ मा बितरण गरिने उनले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।