रामपुरमा सहकारीको रणनीतिक व्यवसायिक कार्यशाला गोष्ठी सुरु

0
128

बन्दना पोखरेल । (रामपुर) पाल्पा
रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला गोष्ठी पाल्पाको रामपुरमा शुक्रवारबाट सुरु भएको छ ।


रामपुर वचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल वचत तथा केन्द्रिय सहकारी संघ लिमिटेडको प्राबिधिक सहयोगमा कार्यशाला गोष्ठी संचालन भएको हो । गोष्ठीमा सहकारीका संचालक समितिका पदाधिकारी,लेखा समिति,विभिन्न उपसमितिका सदस्य र कर्मचारी गरी २९ जना सहभागी छन् । सहकारीका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन सचिव लेखनाथ शर्मा मरासिनीले गरेका थिए ।


उपाध्यक्ष नगिलाल पौडेलको स्वागत रहेको कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि अध्यक्ष श्रेष्ठले जानकारी गराउदै सहकारी सेवामुलक तरिकाले अगाडि बढेको बताए । कार्यशाला गोष्ठिको सहजिकरण नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका कार्यक्रम अधिकृत भरत न्यौपाने र तालिम अधिकृत केशव दाहालले गरेका छन् ।


तीन दिन सम्म चल्ने कार्यशाला गोष्ठिमा सहकारीको अबको चार वर्षे रणनीतिक योजना सम्बन्धमा सहजिकरण हुने सहकारीका व्यवस्थापक रामप्रसाद अधिकारीले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।