गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण

0
123

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिका वडा नं. ४ मित्यालका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।


गाउँपालिकाको आर्थिक वर्ष २०७५, ०७६ को लक्षितवर्ग कार्यक्रम अन्तर्गत मित्यालका विभिन्न विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई प्रतिव्यक्ति ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।


मित्याल सामुदायिक विकास कृषि वहुउद्देश्यीय सहकारी संस्था मित्यालका अध्यक्ष हुम बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष न्यो बहादुर सुनारी , कार्यपालिका सदस्य हेमकुमारी सुनारी वडा सदस्य मन प्रसाद सोती , रन बहादुर गाहा , शान्ति दमाई लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन सहकारी संथाका व्यवस्थापक हेम बहादुर खाम्चाले गरेका थिए ।