भुसलडाँडा माविका बिद्यार्थीलाई नेपाली सेनाले तालिम दियो

0
407

पाल्पा । भुसल डांडा मा.वि तानसेन अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श वाक्य रहेको राष्ट्रिय सेवादलबाट संचालित भएको सि.सं.४६ औ ब्याच एनसिसि जुनियर डिभिजन तालिमको छात्रा र छात्र गरि ३६ जना युवाहरुलाई अनुशासित¸ईमान्दारिता तथा बफादारिताको भावनामा विकास गराउने गरि तालिम संचालन गरिएको छ ।


युवाहरुमा राष्ट्रियताको भावना तथा नेतृत्व क्षमताको विकास गर्ने र विपदको समयमा उद्धार तथा राहत कार्यमा स्यंम सेवकको भुमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासीत नागरिक बनाउने हेतुले नेपाली सेना श्री गोरखदल गणको जिम्मेवारी क्षेत्र रहेको यो बिद्यालयमा गणका नि.गणपति सेनानी मनोज डंगोलले प्रथम प्रवचन गरेका थिए ।


उक्त कार्यक्रममा सोहि विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष¸शिक्षक¸शिक्षिका¸विद्यार्थी र अभिभावक गरी करिव ८० जनाको सहभागिता रहेको ।