जनजाति संस्कृतिको खानी रम्भा, साँस्कृतिक प्रस्तुति सहित विविध कार्यक्रम सम्पन्न

0
374

एवत सारु । (रम्भा) पाल्पा
आदिवासी जनजाति उत्थान समन्वय समिति रम्भा गाउँपालिकाको आयोजनामा रम्भा गाउँपालिकामा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासद बसन्त घर्ती मगरले नेपाल बुहजातिय बहुभाषिक राष्ट्र भएको संविधानले नै स्वीकार गरेको तथा संघीय मुलुकमा प्रत्येक जातजातिको फरकफरक विशेषता रहेको बताउँदै आ–आफ्नो मौलिक संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए ।

विशिष्ट अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा गाउँपालिका भित्र बसोबास गर्ने मगर, नेवार, माझी, बोटे लगायतका आदिवासी जनजाति समुदायको भाषा, संस्कृति संरक्षणका लागि गाउँपालिका सदैव लागि पर्ने बताए ।

अतिथि वडा नं. ३ पिपलडाँडाका वडा अध्यक्ष थमनबहादुर गाहाले आदिवासी जनजातिहरुको लोकसंस्कृति जगेर्ना गर्न यस प्रकारको प्रतियोगिताले टेवा पु¥याउने बताउँदै आफ्नो भेषभुषा, भाषा र संस्कृतिलाई जोगाउन सबै लाग्नु पर्ने बताए ।

प्र्रतियोगितामा फोक्सिङ्गकोट रानीबासको मारुनी समूह प्रथम, पिपलडाँडा ल्हुङ्करेको मारुनी समूह दोश्रो, जनहित युवा क्लब हुमिनको झाम्रे समुह तेश्रो, रानाटोल आमा समूह ताहूको सालै जो समूह तथा च्याङ्गलिङ्ग युवा क्लबको हुँगीको झाम्रे समूह सान्तवना भएका छन् ।

रकमादेवी आधारभूत विद्यालय खोकखोलामा संचालित विजयी प्रतियोगीहरुलाई विशिष्ट अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी तथा उपाध्यक्ष राधादेवी श्रेष्ठले नगद तथा प्रमाण पत्र प्रदान गर्नु भयो । १० वटा समूहले भाग लिएको प्रतियोगितामा मगर समुदायको मारुनी नाच, झामे्र नाच, सालै जो का साथै नेवार समुदायको लाखे नाच प्रस्तुत गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति समन्वय समितिका सचिव ज्ञानबहादुर गाहाले स्वागत गरेका थिए । समितिका सदस्य जीतबहादुर गाहाको संचालन तथा अक्ष्यक्ष मानबहादुर मश्राङ्गीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।