बगनासकालीमा गणतन्त्र दिवस कार्यक्रम सम्पन्न

0
233

पाल्पा । बगनासकाली गाउँपालिकामा १६ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको आयोजनामा भएकोे कार्यक्रमका वक्ताहरूले जनताको त्याग र बलिदानबाट स्थापित गणतन्त्रलाई संस्थागत गर्नमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय राजनीतिक दलहरुको कतिपय क्रियाकलापहरुलाई जनतामा निराशा पैदा भएकोले त्यसतर्फ दलहरुको ध्यान जानुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्यालले जनभावना अनुसार राज्य संचालक र राजनीतिक दलका नेताहरू साँच्चिकै सच्चियर जानुपर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष बस्यालले स्थानीय सरकारले जनताको नजिकको सरकारको रुमपा गणतन्त्र आएको महसुस हुने गरि काम गनुपर्नेमा जोड दिनुभयो । बस्यालले जनताहरुमा पनि स्थानीय सरकारप्रति बढी विश्वास गरेको र आशा पनि गर्दै आएकोले जनप्रतिनिधि, कर्मचारी सबैले आआफ्नो दायित्व र जिम्मेवारी गहन रुपमा पूरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकाली गाउँपालिकाले सीमित स्रोत र साधनका बीच पनि जनताहरुको माग र आवश्यकता बमोजिम योजना र कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले पालिका आगामी वर्षको नीति कार्यक्रम बनाउने चरणमै रहेकोले सबै पक्षको सुझाव सल्लाहबाट मात्रै जनताले चाहेजस्तो नीति कार्यक्रम बन्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा, नेकपा एमालेका प्रतिनिधि धु्र्व अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधि माधव नेपाल , नेकपा माओवाी केन्द्रका प्रतिनिधि खुम बहादुर बिक, नेपाल पत्रकार माहासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना, बगनासकाली पत्रकार समुहका अध्यक्ष भोजराज तिमिल्सिना लगायतले जनताको त्याग र बलिदानीबाट स्थापित गणतन्त्रलाई स्थायीत्व प्रदान गर्ने गरि राजनीतिक दल र सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख गुनाराम खनालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here