पाल्पा बन्द फिर्ता, आन्दोलनको हठ त्यागेर उद्योग बाणिज्य संघले भन्यो संवाद गरौं

    0
    1260

    पाल्पा । पत्रकार कुटपिट घटनामा आफ्ना उपाध्यक्ष सहित ब्यापारीहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै पाल्पा उद्योग बाणिज्य संघले शनिवारबाट गरेको पाल्पा बन्द फिर्ता गरेको छ ।

    संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तिमा बन्दका सबै कार्यक्रम फिर्ता गरिएको जनाइएको छ । बिज्ञप्तिमा संवाद र सहमतिका लागि तयार रहेको उल्लेख गरिएको छ । संघका केही पदाधिकारीहरुले एकलौटी बन्दको आह्वान गरेको र बन्दका कारण करोडौको क्षति भएको भन्दै तानसेनका ब्यापारीहरु नै बन्द गर्नुहुँदैन भन्ने आवाज उठाउँदै आएका थिए ।

    पत्रकार कुट्नेलाई सार्वजनिक मुद्धा
    नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य बिजयकुमार बौडेलमाथि कुटपिटको आरोपमा गिरफ्तार भएका ३ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरिएको छ ।

    चैत १५ गते पत्रकार द्धयमाथि कुटपिट गरेको आरोपमा बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मीलाई प्रहरीले पत्रकार महासंघद्धारा जारी बिज्ञप्तिको आधारमा चैत १५ गते नै गिरफ्तार गरेको थियो ।

    तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मी लगायतको समूहले पत्रकारद्धयमाथि चैत १५ गते दिउँसो तानसेन नगरपालिका कार्यालय अगाडि आक्रमण गरेका थिए ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।