पाल्पालीका गौरव ब्रम्हशेखर बुढेसकालमा पनि उस्तै सक्रिय

    0
    355

    पाल्पा । तानसेनका पुराना कलाकार ब्रम्हशेखर बज्राचार्य अहिले ८५ वर्षको भइसके । उमेर र जवानी छउञ्जेल उनी आफूसग रहेको प्रतिभा देखाउनकै लागि देशका बिभिन्न जिल्लामा पुगेका छन् । अहिले उमेरले बिस्तारै बुढ्यौलीतर्फ धकेल्दैछ तर पनि ब्रम्हशेखरले कलाकारितामा उस्तै सक्रिय जीवन बिताउदै आएका छन् । अहिले पनि उस्तै हसिला फूर्तिला देखिने ब्रम्ह्शेखर ६७ वर्ष अगाडि देखि नाच गानकै क्षेत्रमा रमाउदै आएका छन् ।

    कलाकारिता क्षेत्रमै रहेको राम्रो ज्ञानका कारण प्रसस्त धन र इज्जत जुटाउने समेत अवसर पाए ब्रम्हशेखरले । उनले भने “मैले जान्ने बुझ्ने भएदेखि नै अहिलेसम्म कलाकारिताकै बारेमा मात्रै सोंचेको छु ।”  बाल्यकालदेखि नै स्वस्तानी पूर्णिमाका बेला तानसेनमा हुने साूस्कृतिक प्रतियोगिताहरुमा सक्रिय सहभागिता रहन्थ्यो ब्रम्हशेखरको । २००७ सालमा प्रजातन्त्रका लागि नेपालमा ऐतिहासिक क्रान्ति भयो । त्यसपछि बिस्तारै नेपाली गीतहरु सुन्नमा आए । त्यसपछिबाटै पाल्पामा सुरु भएको गाइजात्रा पर्वको बेला ८ दिनसम्म लगातार भब्य रुपमा नाच गान हुन्थ्यो त्यसमा ब्रम्हशेखरको सक्रिय सहभागिता रहन्थ्यो । त्यही बीचमा उनले झ्याउरे, सोरठी, पवित्र, ख्यालीको नाच समेत राम्रो गरि सिके र पोख्त भए ।

    २०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्यभिषेकमा पनि उहाँको समूह चुनिएर नाच देखाउनकै लागि काठ्माण्डौ जाने मौका पाएको थियो । उनीस“गै समूहमा ४ जना थिए । नाचमा उनको समूहले मेडल, प्रमाणपत्र र नगद पायो । त्यसलगत्तै तोरणसमशेर प्रधानसेनापति भएपछि ब्रम्हशेखरले आर्मी हेड्क्वाटरमै जागिरे भएर बस्ने मौका समेत पाए ।  २०१३ सालको अन्तिम महिनातिर राजा महेन्द्र देश ब्यापी भ्रमणमा जाने क्रममा उनले पनि राजासगै बिभिन्न जिल्ला घुम्ने मौका पाए । उनले जिल्ला भ्रमणकै क्रममा महेन्द्रलाई बेला बेलामा गीत सुनाउने र नाच समेत देखाउने काम गर्थेे ।

    ब्रम्हशेखरले अगाडि भने “पछि २०१६ सालमा राजा पाल्पा सवारी हुदा मैले सौगात चढाए । बजार अनुगमनको लागि हिड्ने क्रममा मेरो घरको बाटो हुदै आउदा उहाले मेरो घर सोध्नुभयो । मैले मेरो घर देखाए । मेरो घर सानो भएकोले ठूलो बनाउ भन्दै उहाूले मेरो बुवालाई झण्डै डेढ लाख रुपिया जति दिनुभयो ।” उनकै शब्दमा ब्रम्ह्शेखर २०२० सालसम्म सैनिक जागिरे भएर बसे । पछि महेन्द्रको देहवसान भएपछि कवाज खेल्न नसक्दा जागिरबाट राजीनाम दिएर पाल्पा आएर बसेको उनले बताए ।  अहिले उनी बिभिन्न मेला महोत्सवहरुमा नृत्य बिधाको निर्णायक बस्ने, भजन संस्कृति संरक्षण गर्ने कार्यमै तल्लीन छन् । उमेर घर्कदै गएपनि उनको जोश जागर मरेको छैन र क्रियाशिलता पनि उस्तै छ । काठ्माण्डौ इन्द्रचोकमा गत साल भएको भजनमा सर्वश्रेष्ठ तबला बादकको रुपमा पुरस्कृत समेत भएका थिए ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।