बुद्ध विकास माविको बार्षिकोत्सव सम्पन्न

0
242

पाल्पा । बुद्ध विकास मावि तिनाउँ गाउँपालिका ५ कोलडाँडाको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर चौहनको अध्यक्षता र तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम चलेको थियो । सो अवसरमा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिकाले पालिका भित्रको शैक्षिक विकासका लागि प्रमुख प्राथमिकताका साथ काम गर्दै आएको बताए । उनले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा सबै सरोकारवालाहरुको उत्तिकै भूमिका रहने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद चौहानले ५० लाख ९८ हजार रुपैया बरावरको आय व्यय विवरण प्रस्तुत गरे ।

सहायक प्रअ धु्रव पंगेनीको स्वागतबाट सुरु भएको कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष दल बहादुर दर्लामी, वडा सदस्य बल बहादुर सारु, स्थानीय युवा समाजसेवी गणेश रास्कोटी, पूर्व शिक्षक निरञ्जन लम्तरी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन झमानसिं सारुले गरेका थिए ।