भानुभक्तमा स्वर्ण महोत्सवको भब्य तयारी, पुर्नमिलन सकियो

0
367

डिल्लीराज पंगेनी । (पुर्वखोला) पाल्पा
रामपुर नगरपालिका ९ जब्गादीमा रहेको भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण मोत्सबको अबसरमा पुर्ब बिद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वविद्यार्थी तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्ब बिद्यार्थी तथा पुर्बखोला गाउपालिका १ वडा अध्यक्ष भोग बहादुर थापाले बिद्यालयको स्वर्ण महोत्सबको पुर्ब बिद्यार्थी मिलन कार्यक्रम राखेकोमा विद्यालयलाई धन्यवाद दिए ।

कार्यक्रममा पुर्ब बिद्यार्थी श्याम बहादुर दिशा केशबराज पंगेनी किशोर पंगेनी भिम बहादुर साठिघरे लगयतले स्वर्ण महोत्सबको अबसरमा शुभकामना ब्यक्त गरे । पुर्ब बिद्यार्थी मिलन कार्यक्रमको स्वागत पुर्ब बिद्यार्थी चन्द्र बहादुर नामजालिले गरेको कार्यक्रमको संचालन पुर्ब बिद्यार्थी बिक्रम घिमिरेले गरेका थिए ।

कार्यक्रममा हालसम्म एसएलसी र एसइई मा पास भएका बिद्यार्थीहरुलाइ सम्मान समेत गरिएको थियो । यसैबीच सोही अवसरमा बिद्यालयले संचालन गरेको वडा स्तरीय भलिबल प्रतियोगिताको क्वाटर फाइनलको खेल सकिएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।