पाल्पा जेसीजद्वारा विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

0
341

पाल्पा । पाल्पा जेसीजको आयोजनामा बगनासकाली गाउँपालिका–८ स्थित बेद माध्यमिक विद्यालयका विद्यार्थीालाई न्यानो ज्याकेट वितरण गरिएको छ । माघ १० गते शनिबार विद्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी ४० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै पाल्पा जेसीज वर्ष २०१९ को प्लान अफ एक्सन अन्तर्गतको पहिलो कार्यक्रम गरी जेसिजको सामाजिक क्षेत्रको उत्तरदायित्व पूरा गरेको पूर्व अध्यक्ष एवम् तानसेन नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यले बताए । यस्तैगरी बगनासकाली गाउँपालिका वडा नं. ४ का अध्यक्ष गणेश बस्यालले सामाजिक क्षेत्रमा क्रियाशील जेसीसका युवाहरूको अभियानले जनप्रतिनिधिहरूलाई समेत उत्साह भरेको बताए । पाल्पा जेसीजका पूर्व अध्यक्ष धर्मेन्द्रकुमार गुप्ताले कमजोर आर्थिक अवस्था भएका वालबालिकाहरूका लागि न्यानो कपडा सौजन्य गरेको निवर्तमान अध्यक्ष थापाले जानकारी दिए ।

स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले जेसीजका उत्साही युवाहरूको अभियान प्रेरक र सार्थक रहेको बताए । उनले जेसीजले व्यक्तित्व नेतृत्व विकास मात्र नभएर सामाजिक विकासमा पनि जेसीजको भूमिका अनुकरणीय रहेको औंल्याए । कार्यक्रममा बोल्दै पाल्पा जेसीस वर्ष २०१९ का सल्लाहकार रिलनमान बज्राचार्यले सामाजिक क्षेत्रमा जेसीजले उत्तरदायी भएर जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद बस्यालले बेद माविलाई जेसीजले छनोट गरी विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिनु विद्यालयको लागि अवसर भएको जनाउँदै विद्यालयले आगामी दिनमा सामाजिक संघ, संस्थासँग सहकार्य गरेर शैक्षिक विकासमा लाग्ने जनाए । विद्यालयका प्रधानाध्यापक डिल्लीराज पाण्डेले विद्यार्थीकोलाई जेसीजले उपलब्ध गराएको सामग्रीले उनीहरूको लागि केही राहत मिल्ने भन्दै आयोजलाई धन्यवाद दिए ।

कार्यक्रममा शिक्षक प्रतिनिधिबाट टुनवीर रेश्मी, विद्यार्थी प्रतिनिधि सपना घिमिरे लगायतले जेसीजको अभियानप्रति खुसी व्यक्त गर्दै धारणा राखेका थिए । वर्ष २०१९ का अध्यक्ष जेसी प्रियदर्शन शाक्यको अध्यतामा भएको कार्यक्रममा वर्ष २०१९ का महासचिव अच्यूत खनालको सञ्चालनमा भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरू, वर्ष २०१९ का पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक प्रतिनिधि र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यसैबीच जेसीले सि.बि.आर.पाल्पाका फरक क्षमता भएका बालबालिकाहरूका लागि पनि आजै न्यानो कपडा वितरण गरेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।