रामतुल्सीको स्वर्ण जयन्ती भब्य हुँदै, प्रचण्ड आउने

0
856

बन्दना पोखरेल । (रामपुर) पाल्पा
रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले विद्यालयको स्थापनाको ५० औँ वर्ष पार गरेको उपलक्ष्यमा आजदेखि स्वर्णजयन्ती कार्यक्रम सुरु भएको छ । बिहान सरस्वतिको मन्दिरमा पुजाआजा गरी स्वर्णजयन्ती बिशेष कार्यक्रम सुरु गरेको हो ।
स्वर्ण जयन्तीको पहिलो दिन सोमवार विद्यालयका भुपु विद्यार्थी, प्रदेश नं ५ का प्रदेश सभा सदस्य युवराज खनालबाट वैदिक परम्परा अनुसार सरस्वतिको पुजाआजा भएको छ । सरस्वतिको पुजाआजा गर्दै प्रदेश सभा सदस्य खनालले शैक्षिक धरोहरका रुपमा चिनिएको रामतुलसी माविको स्वर्णजयन्तीको सफलताको कामना गरे ।
विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी, पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विभिन्न राजनितिक दल, पेशाकर्मी, शिक्षासेवी, समाजसेवी, बुद्धिजीवी, चन्दादाता, अक्षयकोषदाता, विभिन्न आमा समुह लगायत सरोकारवालाको सहभागीतामा धुमधामका साथ सरस्वतिको पुजाआराधना गरेर स्वर्णजयन्तीको सुरु गरेको हो ।

सरस्वतिको पुजा समापनपछि विद्यालयले आमा समुहसंग छलफल कार्यक्रम गरेको छ । स्वर्णजयन्तीलाई सभ्य र सफलतापूर्वक सम्पन्न गर्न विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले सबैलाई अनुरोध गरेका छन् ।
साथै जयन्यतीको सुभारम्भको आज पहिलो दिन साँझमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारी, विद्यार्थी, राजनैतिक दल, शिक्षासेवी एवम् सरोकारवाला निकायको सहभागीतामा विद्यालयमा दिप प्रज्ज्वलन गरिएको स्वर्णजयन्ती प्रचार प्रसार समितिका संयोजक लेखनाथ शर्मा मरासीनीले जानकारी दियका छन । विद्यालय परिषर बेहुली झै सिंगारिएको छ । मंगलबार देखि विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्ने विद्यालयले जनाएको छ ।

पुस १ गते हुने बिशेष कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् । मुलुकको परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेका पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष दाहाल रामपुर क्षेत्रमा पहिलो पटक आउने भएपछि बिद्यालयले तयारीलाई तिब्र पारेको बिद्यालयका प्रध्यानाध्यापक बालकृष्ण लम्सालले बताए ।

रामपुर नगरपालिका वडा नम्बर ५ बेझाँडमा रहेको बिद्यालयले स्थापनाको ५० बर्ष पुरा गरेको अबसरमा अन्तिम दिन दाहाल आउने प्रध्यानाध्यापक लम्सालले जानकारी दिए । विद्यालयले स्वर्ण जयन्तीलाई शैक्षिक उन्नयनको लागि अवसरको रुपमा लिएको छ लम्सालले भने–तयारीका लागि विद्यालयले विभिन्न उपसमिति गठन गरेर परिचालन गरेको छ ।

नेपाल सरकारले नमुना बिद्यालय घोषणा गरिसकेको यो बिद्यालय क्षेत्र महोत्सवको अबसरमा झन् रङ्गरोगनले चिटिक्क पारिएको छ । स्वर्ण स्मारक निर्माण, स्मारिका प्रकाशन, शैक्षिक गतिविधि प्रदर्शन, मञ्च व्यवस्थापन, झाँकी प्रर्दशनको तयारीलाई समितिले जोड दिएको छ । यसैबिच विद्यालयले सरोकारवाला निकाय र स्थानिय समुदाय संगको समन्वय गरिरहेको छ ।
आज वैद्धिक विधि पूर्वक सरस्वती पुजा गरि स्वर्ण जयन्तीको शुभारम्भ गरिएको छ । साथै मंसिर २९ गते सम्म आन्तरिक तथा अन्तर विद्यालय स्तरिय विविध प्रतियोगिता गर्ने बिद्यालयले जनाएको छ । २९ गते दिउँसो २ बजे पुर्व बिद्यार्थी पुर्न्मिलन कार्यक्रमको आयोजना गरिएको छ । समापनको अबसरमा दाहालको उपस्थितिमा पुस १ गते समापनको दिन भव्य समारोह आयोजना गरिने भएको छ । दाहालको आगमनले रामपुर क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिइएको छ ।

विद्यालयले स्वर्ण महोत्सवको तयारी संगै प्रचार प्रसारलाई पनि तिव्रता दिएको प्रचार प्रचारप्रसार समिति संयोजक लेखनाथ शर्मा मरासिनीले बताए ।

२०२५ सालमा स्थापित विद्यालयमा हाल कक्षा १ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा र कक्षा ११÷१२ मा विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी संकायका कक्षा सञ्चालन गर्दै आएको छ । साथै प्राविधिक धारको ३ वर्षे कृषि बाली विज्ञान अध्यापन हुँदै आएको छ । बिद्यार्थीले बिद्यालयमा नै बिभिन्न बाली तथा तरकारी समेत उत्पादन गर्दै आएका छन् ।

नेपालको पूर्व देखि पश्चिम क्षेत्र सम्मका गरि बिद्यालयमा झण्डै २ हजार विद्यार्थी अध्ययन गर्दै आएको बिद्यालयका प्रध्यानाध्यापकले बताएका छन । यस बिद्यालयमा शिक्षा हासिल गरेका पुर्व बिद्यार्थी हाल नेपाल सरकारको उच्च ओहोदा सम्म पुगेका छन् भने बिद्यालयले हजारौं जनशक्ति उत्पादन गरिसकेको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।