रामपुरमा मेयर कपको तयारी

0
522

बन्दना पोखरेल । (रामपुर) पाल्पा
नगर खेलकुद विकास समिति रामपुर पाल्पाको आयोजनामा हुन गइरहेको दोस्रो मेयर कप खेलको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तर वडा स्तरीय पुरुष र महिला भलिबल, पुरुष फुटबल र रामपुर नगरपालिका र चापाकोट नगरपालिका स्तरीय डबल व्याटमिन्टन प्रतियोगिता रामपुर वडा न ६ बिजयपुरको हुने भएको हो ।

बिजयपुरको खेल मैदानमा मंसिर २२ बाट २५ सम्म हुन गइरहेको कार्यक्रमको आयोजना नगर खेलकुद बिकास समिति रामपुर पाल्पाले गरेको हो । नगर खेलकुद विकास समिति अध्यक्ष शंकर खाणको अध्यक्षतामा कार्यक्रम चलेको थियो । भेट्घाट कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा रहेका थिए । मेयर थापाले बोल्दै खेलकुदको विकासले सभ्य समाज निर्माणमा टेवा पुग्ने बताए ।

चार विधामा खेलहरु हुनेछन् । जस अन्र्तगत पुरुष भलिवलमा प्रथम पुरस्कार ५० हजार द्धितिय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजर रहेको छ । त्यस्तै महिला भलिवल तर्फ प्रथम पुरस्कार ३० हजार द्धितिय २० हजार र तृतीय १० हजार रहेको छ । पुरुष फुटबल तर्फ प्रथम ५० हजार द्धितिय ३० हजार र तेस्रो २० हजार रहेको छ । रामपुर नगरपालिका र चापाकोट नगरपालिका स्तरीय डबल व्याटमिन्टन प्रतियोगितामा प्रथम २० हजार द्धितिय १२ हजार र तृतीय ८ हजार नगत प्रमाण पत्र र मेडल पाउनेछन् । कार्यक्रमको संचालन दुर्गेस मल्लले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।