पुर्वखोलामा लैङ्गिक हिंसा न्यूनीकरण अन्तरक्रिया सम्पन्न

0
349

बन्दना । डिल्लीराज (पुर्वखोला) पाल्पा
लैंङिगक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज सामुदायिक बन उपभोक्ता महासंघ नेपाल पुर्बखोलाको आयोजनामा एक कार्यक्रम उदबुद्ध माविमा सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ पुर्वखोला अध्यक्ष कृष्ण पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्बखोला गाउपालिकाका प्रमुख नुन बहादुर थापा रहेका थिए ।

सो अवसरमा प्रमुख थापाले बोल्दै हिंसा रहित समाज निर्माणका लागि सबै एक जुट हुंदै सम्बन्धित निकायमा हिंसा पीडित महिला लाई ल्याउनु पर्ने बताए ।
बन महासंघ सदस्य सिमा सारुको स्वागतबाट सुरु भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बोल्दै प्रत्यक्ष रुपमा महिलाले आयआर्जन लिने खालका कार्यक्रम आवश्यक रहेको बताइन् । गाउँपालिकाका सुचना अधिकरी मोहन ढकाल, महासघ प्रदेश सदस्य बिन्दु श्रेष्ठ गाउँ कार्यपालिका सदस्य देबिसरा गाहा पत्रकार बन्दना पोखरेल सीता डोटेल लगायतले आआफ्ना भनाइ राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव सम्झना डोटेलले गरेकी थिइन् ।