जीर्ण भवनमा पुरुष बन्दीको दैनिकी कष्टकर

    0
    331

    पाल्पा । पाल्पा कारागारका पुरुष बन्दीहरु जोखिम मोलेर बस्न बाध्य भएका छन् । यहाँ २०७० सालबाट पुरुष बन्दी गृहको निर्माणको काम सुरु भएपनि अहिलेसम्म पनि निर्माण कार्यले पुर्णता पाउन सकेको छैन ।

    बिसं. १९८३ मा निर्माण गरिएका कारागारका पुराना भवनहरु अधिकांश जीर्ण र भत्कने अवस्थामा छन् । २०७२ साल बैशाखको भुकम्पका कारण भत्किएका २ वटा भवनको सामान्य मर्मत गरि बन्दीहरुलाई सोही भवनमा राखिएको छ । अन्य भवनहरु समेत निकै जीर्ण भएकोले दलिनमा टेको लगाएर राखिएको छ ।
    ग श्रेणीको पाल्पा कारागारको क्षमता ३ सय जना रहेको छ । अहिले कैद तोकिएका र नतोकिएका गरि २ सय ११ पुरुष र ५४ महिला बन्दी रहेका छन् । त्यस्तै २ बालक कारागारमा आश्रित रहेका छन् । महिला बन्दीहरुलाई ५ वर्ष अघि नयाँ भवनमा सारिएको छ भने पुरुष बन्दी भवन निर्माणमा ढिलाई पुरुषहरुलाई नयाँ भवनमा सार्न नसकिएको कारागार प्रमुख भक्तिसरा रानाले बताइन् ।

    बन्दी गृह निर्माणको लागि बिरुवा सुन्दरी गोरखा जेभीले २०६८ असार १६ गते सम्झौता गरि २०७० बैशाख १६ गतेसम्म कार्यसम्पन्न गर्नुपर्ने सहमति गरेपनि बन्दी गृह निर्माणको काम ३ पटक म्याद थपिदासम्म अहिलेसम्म कामले पुर्णता पाउन सकेको छैन ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।