रामपुरमा सहयात्रीको महिला हिंसा न्यूनीकरण अभियान

0
321

बन्दना पोखरेल । रामपुर(पाल्पा)
लैंगिक हिंसा र दुव्र्यबहार छैन हामीलाई स्वीकार भन्ने नारा सहित सहयात्री नेपाल रामपुर पाल्पाले महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु गरेको छ ।

रामपुर नगरपालिका वडा न ६ तिलपुरमा कार्यक्रम भएको छ । बालबिबाह र बहुबिबाह का बिषयमा अन्तक्रिया तथा सृजना बाचन गरियो । सहयात्री नेपालका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा न ६ का महिला सदस्य लोकमाया कुमाल रहेकी थिइन् ।
कार्यक्रम माथी प्रकाश अध्यक्ष भण्डारीले पार्दै यो कार्यक्रम लक्षित बर्ग सम्म पुर्याउने बताइन् । संस्थाकी सदस्य मित्रा ढकालको स्वागत बाट सुरु भयको कार्यक्रमको संचालन र बालबिबाह र बहुबिबाह सम्बन्धि कानुन र सामाजिक रितिका बिच भएको बेमेल साथै यसले गर्ने असरका बारेमा जानकारी गराइएको थियो । यो कार्यक्रम रामपुरका बिभिन्न क्षेत्रमा चलाइने बताइएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।