पाल्पामा अर्को साप्ताहिक पत्रिका थपियो, पाल्पा स्मार्ट बिमोचित

    0
    865

    पाल्पा । पाल्पामा अर्को साप्ताहिक पत्रिका पनि थपिएको छ । तानसेनबाट प्रकाशन सुरु गरेको पाल्पा स्मार्ट साप्ताहिक पत्रिकको आइतवार तानसेनमा आयोजित एक कार्यक्रमका बीच बिमोचन गरिएको छ ।

    पत्रिकाको तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती, पत्रकार महासंघ पाल्पाा अध्यक्ष राजेशकुमार अर्याल, बरिष्ठ पत्रकार मेघराज शर्मा र पत्रिकाका प्रधानसम्पादक जीवलाल सुवेदीले बिमोचन गरे ।

    कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारी, बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बोल्दै पत्रकारिता क्षेत्रमा पाल्पा यो क्षेत्रकै एउटा महत्वपुर्ण जिल्ला भएकोले यो पत्रिकाले थप उचाई थप्ने विश्वास व्यक्त गरे ।

    तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले स्थानीय तहका रचनात्मक अभियानहरुलाई सञ्चारमाध्यमहरुले स्थान दिनुपर्ने बताए । कार्यक्रम पत्रिकाका सहसम्पादक भविन्द्र गौतमको संचालन, सम्पादक गोपाल श्रेष्ठको स्वागत र प्रधानसम्पादक जीवलाल सुवेदीको अध्यक्षतामा चलेको थियो । यो पत्रिका हरेक शनिवार प्रकाशन हुने बताइएको छ ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।