निस्दीमा घुम्ती शिविर

0
436

बन्दना पोखरेल । रामपुर(पाल्पा)
जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा आयोजित एकीकृत घुम्ती सेवा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सिबिरमा प्रमुख अतिथि सिबिरमा प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल रहेका थिए । अध्यक्ष सारु र प्रमुख जिल्ला अधिकारी खनालले सारुले वडा न ४ १६ बर्ष कि लाल माया राक्से लाइ सयुक्त रुपमा नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका थिए ।

सिबिरमा मतदाता नामावली र नागरिकता बितरण गरियको छ । वडा न ३,४ र ५ का बासीलाई यो सुबिधा दिइएको हो । ३ दिन को यो सिबिरमा बुधवार ८५ जनाले नागरिकता लिएका छन् ।

उपाध्यक्ष रिता अर्यालको स्वागत बाट सुरु भयको शिबिरमा प्रहरी उपरिक्षक विश्वमणी पोखरेल , शसस्त्र प्रहरीका प्रहरीका प्रहरी नायव उपरीक्षक इश्वरी प्रसाद खनाल, प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत, जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख धर्मा बेलबासे ,भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र पाल्पाका प्रमुख डा चन्द्र बहादुर राना, जिल्ला प्रशासन कार्यालय पाल्पा प्रशासकीय अधिकृत हुम बहादुर पाण्डे नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र पत्रकार माधव अर्यालले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन बिनोद नेपालले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।