पूर्ण सरसफाईयुक्त वडाको कन्तबिजोग, नाकै थुनेर हिड्नुपर्छ

    0
    384

    पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ३ पूर्ण सरसफाई युक्त वडा हो तर यही कन्तबिजोग नै छ ।
    गत वर्ष पुस २६ गते तामझामका साथ यो वडालाई पुर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको थियो । जसका लागि वडा कार्यालयको १ लाख ५० हजार खर्च समेत भएको थियो ।

    यो वडाको मुख्य भागमा रहेको आर्यभन्ज्याङ बजारमा भने फोहोरै फोहोर छ । यो स्थानमा फोहोर बिर्सजन गर्ने विकल्प पनि छ तर भएको छैन । यो स्थानमा डम्पिङ साइड बनाएको पनि ६, ७ महिना बितिसक्यो तर पनि प्रयोगमा आएको छैन ।

    बजारको फोहोर ब्यब्स्थापन हुन सकेको छैन बजार नजिक सार्वजनिक सौचालय रहको ठाउँमा फोहोरको थुप्रो रहेको छ । यहीँ बाटो भएर दैनिक रामपुर र पोखरा सयौ गाडी गुडने गर्दछ । साथै यसको १ सय मिटर को आसपास मा बिद्यालय वडा भवन र आर्यभञ्ज्याङ बजार रहेको छ ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।