लागु औषध दुव्र्यसनबारे विद्यार्थीलाई प्रशिक्षण

0
625

रामपुर (पाल्पा) । रामपुर नगरपालिका वार्ड नं ३ रजघरा स्थित जनविकास माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत अध्ययनरत १ सय ७० जना विधार्थीहरु (छात्र र छात्रा) लाई ईलाका प्रहरी कार्यालय रामपुरको आयोजना तथा उक्त बिधालयको संयोजनमा लागु औषध दुर्व्यसन बिरुद्ध एक प्रशिक्षण संचालन गरिएको छ ।

कार्यक्रममा बिधार्थीहरुलाई लागु औषध भनेको के हो? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्ने सकिन्छ ? साथै लागु औषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित अन्य कानूनहरुले समेत के कस्तो सजायंको व्यबस्था गरेको छ ? साथै लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा बिधार्थी, बिधालय, अविभावक र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा बिधार्थीहरुको अलावा उक्त बिधालयका प्रधानाचार्य लगायतका अन्य अध्यापकहरु समेत सहभागिको रुपमा रहेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।