भ्याली कप फुटबलको तयारी

0
242

पाल्पा । दमकडा फुटबल क्लबले तेस्रो भ्याली कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमबारे जानकारी गराइएको छ । स्थानीयस्तरमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तिहार र छठको अवसरमा दमकडा खेल मैदानमा प्रतियोगिता गर्न लागिएको संयोजक एकबहादुर गाहाले बताए ।

प्रतियोगितामा पहिलो र दोश्रो हुनेले नगद ८० हजार र ४० हजार रुपैयाँ तथा मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् भने विधागत उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउने छन् । १६ समूह सहभागी रहने प्रतियोगिता कात्तिक १२ देखि २० गतेसम्म चल्ने आयोजकले जनाएका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।