फोक्सिङकोटमा सुरक्षित गर्भपतन सेवा प्रारम्भ

0
1035

एवत सारु । (रम्भा) पाल्पा
फोक्सिङकोट स्वास्थ्य चौकी रम्भा गाउँपालिका—२, फोक्सिङ्गकोट पाल्पामा सुरक्षित गर्भपतन सेवा प्रारम्भ भएको छ ।

सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा आईपास नेपाल पाल्पाकी जिल्ला संयोजक राधिका नायजूले फोक्सिङकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं रम्भा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारु तथा स्वास्थ्य चौकी प्रमुख हजारीलाल पटेललाई सुरक्षित गर्भपतन सेवा सम्बन्धी परामर्श सामग्री हस्तान्तरण गरे ।

रम्भा गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय आईपास पाल्पाको प्राविधिक सहयोगमा संचालित कार्यक्रम अन्तर्गत सुरक्षित गर्भपतन सेवा शुरु गरिएको आईपास पाल्पाकी राधिका नायजूले बताइन् । सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० को दफा ३ को उपदफा ३ बमोजिम तालिम प्राप्त सुचिकृत स्वास्थ्यकर्मी राधा कुमारी पंगेनी मार्फत कानुन बमोजिम ९ हप्ता सम्मको गर्भपतन सेवा स्वास्थ्य चौकीबाट उपलब्ध हुनेछ । जिल्लामा हाल सम्म १८ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिंदै आएको छ ।

कार्यक्रममा संयोजक नायजूले सुरक्षित गर्भपतनको परिभाषा, नेपालमा गर्भधारण तथा गर्भपतनको अवस्था, सुरक्षित गर्भपतन सम्बन्धी कानूनी व्यवस्था, महिला स्वास्थ्य स्वयम सेविकाको भूमिका बारे जानकारी दिएकी थिइन् ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका, शिक्षक, जनप्रतिनिधि गरि ३२ जनाको सहभागीता रहेको थियो । कार्यक्रम रम्भा गाउँपालिका स्वास्थ्य शाखा उप प्रमुख शिवप्रसाद अर्यालको संचालन तथा स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।