पुर्वखोलामा विविध खेलकुद प्रतियोगिताहरु सुरु

0
665

डिल्ली । छबि (पुर्वखोला) पाल्पा
दशै तिहार को पावन अबसरमा पुर्बखोला उद्धबुद्ध कलेज रिङ्नेरह स्ववियुले संचालन गर्न लागेको खेलकुद तथा शैक्षिक कार्यक्रमको उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश न ५ सांसद युवराज खनाल ले कार्यक्रम को सफलताको शुभकामना दिदै यस्ता कार्यक्रमले विद्यार्थी जिवनमा सकारात्मक प्रभाव पार्ने बताए ।
कार्यक्रममा पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बाहादुर थापा, गाउँपालिका उपाध्यक्ष भगिरथी भट्टराई, पुर्बखोला शिक्षा शाखा प्रमुख मणि खनाल पुर्बखोला गाउँपालिका सुचना अधिकारी मोहन ढकाल उद्ध्बुद्ध कलेज प्रमुख सुशील न्यौपाने उद्ध्बुद्ध बिद्यालय प्र.अ लोकहरी देबकोटा लगायतले कार्यक्रमको सफलताको कामना गरे ।
कार्यक्रम स्वबियु उपाध्यक्ष धिरज पंगेनीको स्वागत सचिव मुक्त सारुको सञ्चालन स्वबियु सभापति नवीन आचार्यको अध्यक्षमा चलेको थियो । प्रतियोगिता असोज २८ गतेसम्म चल्नेछ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।