भानुप्रकाश पौडेललाई अभिन्दन

0
385

पाल्पा । माण्टआबु भारतमा मुख्य कार्यालय रहेको ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय भारतले यसपटक विभिन्न क्षेत्रमा योगदान पु¥याएका २ हजार व्यक्तित्वलाई सम्मान तथा अभिनन्दन गरेको छ । नेपालबाट २५ जनालाई अभिनन्दन गरिएमध्ये ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय पाल्पा गुल्मी क्षेत्रका संयोजक ब्रम्हकुमार भानुप्रकाश पौडेलसमेत परेका छन् ।

ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय पाल्पाले असोज ७ गते स्वागत तथा अभिनन्दन समारोहबीच ब्रम्हकुमार भानुप्रकाश पौडेललाई सम्मान गरेको छ । ब्रम्हुकमारी प्रेमा दिदीको अध्यक्षता, ब्रम्हुकमारी शारदाको स्वागत र ब्रम्हुकमारी संगीताको सञ्चालनमा भएको कार्यक्रममा मूल पाहुना पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले शान्त समुन्नत र सुसंस्कृत समाज निर्माणका लागि असल कर्म र चरित्रले सहयोग पु¥याउने बताए । उनले सभ्य समाज निर्माणका लागि ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालयको ज्ञान, ध्यान र असल कर्मले सहयोग पु¥याएको छ भने ।

उक्त अवसरमा ब्रम्हकुमार भानुप्रकाश पौडेललाई मूल पाहुनाले सम्मान गदै बधाई ज्ञापन गरेका थिए । यसैगरी पाहुनाहरु बरिष्ठ पत्रकार मेघराज शर्मा, अधिवक्ता शंकरप्रसाद बस्याल, समाजसेवी सुकदेव खनाल, गाउँले देउराली साप्ताहिकका प्रधान सम्पादक गोविन्द भट्टराई, बुद्धिजीवी निर्मल श्रेष्ठ लगायतले ब्रम्हकुमार भानुप्रकाश पौडेलको योगदानबारे प्रकाश पार्दै असल व्यक्ति अभिनन्दित भएकोमा खुसी प्रकट गरे । ब्रम्हकुमार भानुप्रकाश पौडेलले सिद्धान्तमा अडिग भएर ईश्वरमा विश्वास राखेर असल कर्म गरे सफल भइन्छ भन्ने अनुभूति आफूले गरेको बताउँदै सबैलाई असल कर्मका लागि आग्रह गरे ।

ब्रम्हकुमार भानुप्रकाश पौडेल बि.सं. २०४१ देखि ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालयको संगतमा रहेर समाजसेवा गर्दै आएका छन् । उनले ३२ वर्ष यसक्षेत्रमा समर्पित भएर काम गरे । विगत १९ वर्षदेखि उनी पाल्पा र गुल्मीको सेरोफेरोमा क्रियाशील रहेका छन् । पौडेललाई गरिएको ३ तहको सम्मानको झलकसमेत उक्त अवसरमा प्रस्तुत गरिएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।