सहयोग स्थानीय पत्रिकाको चाहिने, विज्ञापन बाहिर पठाउने कुरा मिलेनः सम्पादकहरु

    0
    461

    पाल्पा । पाल्पा र रुपन्देही जिल्लाका पत्रपत्रिकाका सम्पादकहरुको भेला तानसेनमा सम्पन्न भएको छ ।

    पाल्पा विकास केन्द्रले आयोजना गरेको सम्पादक भेलामा सहभागी सम्पादकहरुले स्थानीय सरकारलाई सफल बनाउने गरी स्थानीय मिडियाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । सम्पादकहरुले स्थानीय पत्रपत्रिकाले स्थानीय विषय बस्तुहरुलाई खोजमुलक रुपमा प्रकाशन गर्नुपर्ने र पत्रपत्रिकाको निरन्तरताका लाग स्थानीय सरकारहरुले पनि समानुपातिक विज्ञापन स्थानीय संचारमाध्यमहरुलाई दिनुपर्नेमा जोड दिए । सम्पादकहरुले सहयोग स्थानीय संचारमाध्यमको खोज्ने तर विज्ञापन बाहिर पठाउने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गरे ।

    कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले स्थानीय सरकारको सफलताका पछाडि पत्रकारिता क्षेत्रको पनि महत्वपुर्ण भूमिका रहने बताए । कार्यक्रममा पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले पाल्पा र रुपन्देहीका पत्रपत्रिकामा छापिएका समाचारका विषयबस्तु, सम्पादकीयको अवस्था, स्थानीय विषयवस्तु प्रति सम्पादकको रुची, पत्रपत्रिकामा देखिएका राम्रा तथा सुधार गनुपर्ने विषयबस्तु, मासिक रुपमा पत्रिकामा छापिएका समाचारको अवस्थाको विषयमा अध्ययन गरिएको प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा चलेको थियो ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।