इन्सपेक्टरको बुवाको सम्झनामा व्याडमिन्टन प्रतियोगिता

0
741

(रामपुर) पाल्पा । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयको स्वर्गीय बुवा दिनानाथ पाण्डेयको ३१ औं पुण्यतिथि पारेर ईलाका प्रहरी कार्यालय रामपुरको खेल मैदानमा खुल्ला व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा ईलाका प्रहरी कार्यालय रामपुरको परिसरमा भएको प्रतियोगिताको एक समारोहका बीच उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जन्म दिने बुवाआमाको सम्मान र सम्झनामा कुशल छोराछोरीले यस्ता प्रतियोगितात्मक कार्यक्रम गरि युवा वर्ग लगायत सबैलाई समेट्नु महत्वपुर्ण रहेको बताए । उनले खेल खेल्नु ठुलो कुरा नभएर दिवंगत हुनुभएका बुवाको सम्झनामा युवाहरु विच आपसी भाइचाराको सम्बन्ध जोगाइराख्न निरीक्षक पाण्डेले गर्नुभएको खेलको पहलले समाजमा बुवाआमा र खेलप्रेमीमा राम्रो सन्देश गएको बताए । युवाहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्दै थापाले यस्ता प्रतियोगिताले प्रहरी र नागरिक बीच अन्योन्याश्रित सम्बन्ध बिस्तार हुनुका साथै रामपुरबासीमा मेलमिलाप र एकताको संदेश दिएको बताए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराईले प्रतियोगिताले आपसी सम्बन्ध सुधार सँगै जन्मदिने बाबुको सम्मानमा एक सच्चा सुपुत्रले गरेको कार्य उदाहरणीय भएको उल्लेख गरे । सहभागि खेलाडिहरुलाई सुभकामना तथा स्वागतको साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुहुदै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले युवाहरु विचको सम्बन्ध सुधारको लागि खेलले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले खेलका धेरै प्रतियोगिता हुनेभएपनि व्याडमिन्टनमा स्वच्छ, मर्या्दित र अनुशासित प्रतिस्पर्धा हुने भएकाले नगर खेलकुद विकास समितिलाई आग्रह गरी कार्यक्रम गरिएको बताए ।

कार्यक्रमका सभापति तथा रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले बालक, युवा तथा प्रौढहरुको रोजाई पर्दै आएको व्याडमिन्टनको यस क्षेत्रबाट उत्थान गर्न कार्यक्रमको आयोजनामा आफुहरु हौसिएको बताए । समितिले व्याडमिन्टन प्रतियोगिता गर्ने योजना बनाएपनि संभव नभइरहेको बेला प्रहरी निरिक्षक पाण्डेयको समन्वयमा उनका स्वर्गीय पिताको पुण्यतिथी पारेर संञ्चालन गरिएको खाँणले बताए ।

रामपुरमा उत्साहजनक खुला व्याडमिन्टन प्रतियोगिता भने यो पहिलो हो । प्रतियोगितामा गुल्मी, नवलपरासी, रुपन्देही, पाल्पा रस्याङ्जाका गरि ४४ टिमको सहभागिता रहेको छ । भने ३१ गते सम्म गरि २ दिन संचालन हुने छ । प्रतियोगितामा प्रथम समुहले नगद १५ हजार र द्वितिय समुहले ७ हजार नगद प्राप्त गर्नेछन् । कार्यक्रमको संञ्चालन नगर खेलकुद विकास समितिका सचिव दुर्गेश मल्लले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।