स्थानीय तह र पत्रकार अन्र्तक्रिया सम्पन्न

0
882

पाल्पा । नेपाल पत्रकार महासंघको आयोजनामा स्थानीय तह र जिल्लामा क्रियाशील पत्रकारहरु बीच अन्र्तक्रिया कार्यक्रम शनिवार तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख सहित स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पत्रकार सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले जिल्लाका स्थानीय तहहरुको काम, प्रभाव र संचार विषयमा पावर प्वाइन्ट प्रस्तुती राखेका थिए । उनले स्थानीय तहहरुले संचारमाध्यमहरुको सही प्रयोग गर्दै उनीहरुलाई परिचालन गर्नुसँगै स्थानीय सञ्चारमाध्यमहरुको निरन्तरताका लागि समेत स्थानीय तहहरुले सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसी, तिनाउँका अध्यक्ष ओम बहादुर घर्ती, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, रैनादेवी छहराका अध्यक्ष रामबहादुर कार्की, पुर्वखोलाका अध्यक्ष नुन बहादुर थापा, रम्भाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, निस्दीका अध्यक्ष मुक्त बहादुर सारु, माथागढी गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई सहित तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी पाठक, रिब्दीकोटकी उपाध्यक्ष लक्ष्मी खनाल लगायतले स्थानीय तहहरु, भएका प्रयास र सुधारका प्रयासहरु विषयमा आआफनो धारणा राखेका थिए ।

वक्ताहरुले स्थानीय तहरुले पत्रकारिता क्षेत्रको विकासका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताए । उनीहरुले स्थानीय तहहरुमा भइरहेका नमुना कार्यहरुको प्रचार प्रसारमा पत्रकारहरुले कञ्जुस्याई गर्न नहुने धारणा समेत राखे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, लेखक बुद्धिजीवी झपेन्द्र बहादुर जीसी, पत्रकार महासंघका पुर्व अध्यक्षहरु मेघराज शर्मा, गोविन्द भट्टराई, झपेन्द्र गहिरे लगायतले स्थानीय तहहरु, संचारमाध्यम र प्रचार प्रसारका विषयमा धारणा राखेका थिए ।

कार्यक्रम महासंघका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव किरण कौशलको संचालनमा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।