निर्मलाको न्यायको लागि पाल्पाली युवा पनि सडकमा निस्किए

0
1379

पाल्पा । बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको न्यायको लागि पाल्पाली युवाले पनि तानसेनमा मौन र्‍याली र दीप प्रज्ज्वलन गरेका छन् ।
सामाजिक संजालको माध्यमबाट स्वतःस्फूर्त रुपमा जुटेका युवाहरुले तानसेन टुँडिखेलमा जम्मा भई मौन र्‍याली गरेका हुन् ।

र्‍याली टुँडिखेलबाट लहरेपिपल, सिल्खानटोल, मखनटोल हुँदै शितलपाटी पुगेको थियो । शित्तलपाटीमा निर्मलाको सम्झनामा दीप प्रज्ज्वलन समेत गरिएको थियो । निर्मलाको हत्या भएको ५२ दिन हुँदासम्म पनि सरकारले हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।