विप्लव निकट योङ रेड फोर्सका अध्यक्षद्वारा पार्टी परित्याग

0
507

भोजराज भट्टराई । पाल्पा
विप्लव निकट नेपाल कम्युनिष्ट पाटी पाल्पाका योङ रेड फोर्सका अध्यक्षले पार्टी परित्याग गरेका छन् । विप्लवका पाल्पा जिल्ला सचिवालय सदस्य एवं योङ रेड फोर्सका अध्यक्ष शंकर तामाङ्ले शनिबार प्रेस विज्ञप्ती जारी गरी पार्टी परित्याग गरी आफू स्वतन्त्र नागरिकको रुपमा रहन चाहेको जनाएका हुन् ।

प्रेस विज्ञप्तीमा भनिएको छ– ‘नेपाल कम्युनिष्ट पार्टी, त्यसको भातृसंगठनमा आवद्ध मैले आज (२०७५।०५।२३) का मितिदेखि यो पार्टी र पार्टी निकटका सम्पूर्ण जिम्मेवारीहरू सहित पार्टी परित्याग गरी स्वतन्त्र रहने सम्पूर्णमा जानकारी गराउँछ ।’ तामाङ लामो समयदेखि नेपाल कम्प्युनिष्ट पार्टीको जिम्मेवारी तहमा बसेर काम गर्दै आएका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।