तानसेनमा भिमसेनको रथ निकालियो, यस्तो छ किंवदन्ती

    0
    1201

    पाल्पा । शुक्रवार गुनु पुन्हीको छैठौं दिन । बिहीवार भीमसेनटोलस्थित श्री ७ भीमसेनको जात्रा निकालिएको छ । प्रत्येक बर्ष भाद्र कृष्ण पक्ष पञ्चमीका दिन श्री भीमसेनको जात्रा गर्ने गरिन्छ ।

    दिउँसो ३ बजे रथयात्रा सुरु गर्ने भनिएपनि पानी परेका कारण पहिले तोकिएको समयमा रथ निकाल्न समस्या भएको यिो । ४ बजेतिर भगवान भीमसेनको चाँदीको प्रतिमूर्तिलाई खटमा राखी पूजा गरी बोका बली दिइ मात्र रथ यात्रा प्रारम्भ भएको थियो । रथयात्रामा पञ्चेबाजा, भजन मण्डली तथा थुप्रै भक्तजनहरुको सहभागिता रहेको थियो ।

    नेवार बस्ती भएका ठाउँहरुमा आफना व्यापार, व्यबसायको रक्षा गर्ने इष्ट देवता भनी भीमसेनको मन्दिर निर्माण गरी पूजा आजा गर्ने गर्दछन् । वि.सं १८७२ मा पाल्पाका लागि तत्कालिन तैनाथवाला कर्णेल उजिरसिंह थापाको पालामा यो मन्दिरको स्थापना गरी रथयात्रा शुरु गरिएको भनिन्छ ।
    श्री भीमसेनलाई दुई प्रकारबाट अर्थ लगाइएको छ । भींद्यो र भीमसेन । भीं द्यो भनेको असल देवता र भीमसेन भनेको महाभारतमा पाण्डवका एक बलिष्ठ पात्र भन्ने मानिन्छ । पाँच पाण्डव मध्ये एक । यहाँ राखिएको शिला लेखमा श्री भीमसेनको स्तुति लेखिएको छ ।

    यहाँका व्यवसायीहरुले आफ्नो व्यवसायको रक्षा गर्ने भगवानको रुपमा भिमसेनलाई मान्दै आएका छन् । यस मन्दिरको संरक्षण स्थानीय गोंगल, मुनन्कर्मी तथा मल्ल परिवारले गर्दै आएका छन । यो जात्रामा सहभागी हुन जिल्ला बाहिर रहेका भिमसेनटोल निवासीहरु समेत पाल्पा आएका छन् ।