बाके, दाङ, कपिलबस्तु, पाल्पा, अर्घाखांची र आसपासका जिल्लामा ठूलो पानी पर्ने सम्भावना

0
3166

काठमाडौं । नेपाल बाढी सर्तकता केन्द्रले बाके, दाङ, कपिलबस्तु, पाल्पा, अर्घाखाँची र आसपासको जिल्लाहरुमा ठुलो वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान गर्ने कम्प्युटर मोडेलले बाँके, दाङ, कपिलबस्तु, पाल्पा, अर्घाखांची र आसपासको जिल्लाहरुमा ठुलो वर्षा हुने पूर्वानुमान गरेको छ । केन्द्रले विहानैदेखि उच्च सतर्कता अपनाउन सरोकारवाला सवैमा अनुरोध समेत गरेको छ ।

ठूलो पानी पार्ने बादल नेपालको आकाश नजिक तीब्र गतिमा फैलिरहेको छ र नारायणी भन्दा पश्चिम, कर्णाली भन्दा पूर्वको भू–भागमा नेपाल भारत सीमा नजिक बादल फैलिरहेको पनि केन्द्रले जनाएको छ । साथै अर्को बाक्लो बादल सुदुरपश्चिमको आकासमा प्रवेश गरेको छ । र देशको मध्यपहाडी क्षेत्रमा भने मध्यम पानी पार्ने बादल देखिएकाे छ ।

महाकाली नदीको डडेलधुरा स्थित परिगाउ जलमापन केन्द्रमा बहाबले सतर्कता तह पार गरेको छ । खतरा तह पार हुने संभावना न्यून छ तर बेलुकी सम्मै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भने अनुरोध गरेको छ ।hamrakura.com