२०२६ को विश्वकप आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्ने

0
460

काठमाडौं । २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।

फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।
सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् ।
२०२२ को विश्वकप कतारमा हुनेछ । onlinekhbar.com

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।