बेपत्ता चन्द्रलाई खोज्दै जनपद र सशस्त्रको गोताखोर टोली

0
3028

पाल्पा । बिहीवार दिउँसो कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकामध्ये एक जनाको शव बिहीवार नै फेला परेको छ । उनीसँगै बेपत्ता भएका अर्का १ जनाको खोजी कार्य जारी रहेको छ ।

बेपत्ता भएका बगनासकाली गाउँपालिका–६ यम्घाका ३२ वर्षीय गोविन्द परियारको शव बिहीवार साँझ यम्घाकै ढुस्टुङ भन्ने ठाउँमा शसस्त्र प्रहरीका इन्सपेक्टर नवराज शाहीको नेतृत्वमा खटिएको गोताखोर टोलीले फेला पारेको थियो । घटना भएको आधा घण्टाभित्रै जनपद र सशस्त्रको गोताखोर टोली घटना स्थलमा पुगि उद्धार कार्य अगाडि बढाएको शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक राजु शाहले बताए ।

अर्का २४ वर्षीय चन्द्र परियार भने अझैपनि फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए । शुक्रवार पनि सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले दिनभर नै खोजी कार्य जारी राखेको थियो । उनको खोजी कार्य अहिले पनि जारी छ ।
पारिवारिक पूजा गर्ने सन्दर्भमा स्नान क्रममा बिहिबार दिउँसो साढे दुई बजे उनीहरू डुबेर बेपत्ता भएका थिए । उनीहरुसँगै रहेका २ जना भने उद्धार पछि सकुशल रहेका छन् ।

कालीगण्डकी नदीमा बिभिन्न स्थानमा भुमरीहरु रहेको र पानीको मात्रा पनि बेला बेलामा घटबढ हुने हुँदा स्नान गर्ने र पौडी खेल्ने सन्दर्भमा ब्यापक जनचेतनाको खाचो छ । फोटोः गुगल

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।