रैनादेवी धार्मिक पर्यटनको गन्तब्यः कार्की

0
1206

रैनादेवी छहरा(पाल्पा) रैनादेवी छहरा गाउँपालिका भित्र रहेका धार्मिक क्षेत्रको पहिचान र संरक्षण गरेर रैनादेवी छहरा लाई धार्मिक पर्यटनको केन्द्र बनाउन गाउँ पालिकाले पहल गर्ने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताएका छन् ।

नेपाल पर्यटन पत्रकार संघ एन्टोज जिल्ला साखा पाल्पाले रैनादेवी छहरा गापा संग गरेको पर्यटन सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बताएका हुन । कार्यक्रममा गाउँ पालिकाका प्रशासकिय अधिकृत थानेश्वर पराजुलीले रैनादेवी छहरा पर्यटनमा धेरै सम्भावना रहेता पनि बिभिन्न कारणले गाउँ पालिका भित्रका धार्मिक पर्यटन क्षेत्र ओझेलमा परेको बताउँदै जल पर्यटन कृर्षी पर्यटन संगै पर्यटकीय गन्तब्य बन्न सक्ने स्थानको खोजी गरि नेपाललाई पर्यटन बाट आर्थिक समृद्धी बनाउन पर्ने बताए ।

रेनादेवी छहरा प्रवक्ता बिष्णु पोखरेल पर्यटन पत्रकारका केन्द्रीय सदस्य सन्तोष बस्याल वडा ७ का वडा अध्यक्ष देबेन्द्र पुन लगाएतका वक्ताले अब गाउँ पालिका लाई बिकासको मुल फुटाउने हो भने पर्यटन क्षेत्रमा लगानी गर्नु पर्ने बताए ।

पर्यटन पत्रकार जिल्ला अध्यक्ष भुवन रायमाझीले पर्यटन पत्रकार संघले दीगो आर्थिक विकासको लागि राज्यको पर्यटन नीति र कार्यक्रमलाई सहयोग पुराउनुका साथै आम नागरिकमा मिडियाको क्षेत्रबाट सचेतीकरण गर्न स्थापित विशुद्ध पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको पेशागत साझा संगठन भएका कारण पनि मिडिया बाटै पर्यटनको उचित कदम चाल्नु पर्ने बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।