जनप्रतिनिधिको लागि योजना कार्यान्वयन तथा सिफारिस तालिम संचालन

0
789

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाका जनप्रतिनिधि, विषयगत प्रमुख तथा वडा सचिवहरुको लागि योजना कार्यान्वयन तथा सिफारिस सम्बन्धी २ दिने तालिम शुरु भएको छ । राज्यको परिवर्तित संघीय संरचनामा गाउँपालिकाका जनप्रतिनिधिको क्षमता विकास गरि योजना कार्यान्वयनमा सहयोग गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

रम्भा गाउँपालिकाको आयोजनामा संचालन गरिएको तालिम रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटको रानीबासमा संचालन गरिएको हो । तालिममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस र यस सम्बन्धित विषयको बारेमा सहजीकरण गरे । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव शर्माले गाउँपालिका तथा वडा कार्यालयको वित्तिय व्यवस्थापन बारे सिकाए । यसै गरि ईन्जिनियर प्रेम बस्यालले योजना तथा प्राविधिक मूल्याङ्कन बारे सहजीकरण गरे रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको स्वागतबाट शुरु भएको तालिमको संयोजन पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलले गरेका छन् । पाल्पा विकास केन्द्रले जिल्लाको १० स्थानीय तह मध्य ७ स्थानीय तहमा यस प्रकारको तालिम संयोजन गरेको छ । तालिममा रम्भा गाउँपालिकाका ५ वडाका जनप्रतिनिधि, वडा सचिव, विषयगत प्रमुख गरी ३० जनाको सहभागीता रहेको छ ।