रायमाझीहरुको कुलपुजा बैशाख २२ मा

0
1118

कमल रायमाझी । भैरहवा
ऐतिहासिक महत्व बोकेको छहरेली रायमाझीको कुलपुजा बैशाखको २२ गते हुने भएको छ ।
कुलपुजा गर्नका लागी रायमाझी परिवारहरुले विभिन्न तयारी शुरु गरेको रायमाझी कुल देवता समिति पाल्पाले जानकारी दिएको छ ।
बिश्वभरका रायमाझीहरुको उद्गम स्थल पाल्पाको छहरामा हुने कुलपुजाको बिशेस महत्व रहेकाले पनि यो कुलपुजा भव्य र पराम्परागत रुपमा गरिने भएको हो । कुलपुजाका सफल पार्नका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

आवास व्यवस्थापन उपसमिती, प्रचार प्रसार उपसमिति, स्वयम सेवक उपसमिती, दाउरा व्यवस्थापन उपसमिती, पुजा व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिती, बाजा व्यवस्थापन उपसमिती गठन गरिएको रायमाझी कुलदेवता समिती पाल्पाका अध्यक्ष झलक रायमाझीले जानाकारी दिए । जसले कुलापुजा व्यवस्थित र मर्यादित गराउनमा सहयोग पुराउने छ ।

रायमाझी परिवारले निकै महत्वका साथ गर्ने कुलपुजामा संसार भरि छरिएका दाजुभाई, दिदि बहिनीहरुको उपस्थित हुने गर्दछ । प्रत्येक पाचँ बर्षमा हुने यो कुलपुजा रायमाझीहरुको ठुलो पर्वको रुपमा आफ्ना कुलदेवतालाई पुज्ने प्रचलन रहेको रायमाझी कुलदेवता समिति पाल्पाका प्रचार प्रसार संयोजक भुवन रायमाझीले बताए ।

कुलपुजामा पुजा गर्नका लागी हजारौको सख्यामा दाजुभाई दिदिबहिनीहरु र आफन्तहरु प्रत्यक पाचँ बर्षमा पाल्पाको छहरामा जम्मा हुने गर्दछन् । पाल्पाको छहरा रायमाझीहरुको मुख्य थलोको रुपमा रहेको छ । जहा कुलपुजाका लागी मन्दिर देखी पुजागर्ने मौलो र धार्मिक बन व्यवस्थित रुपमा संरक्षण गरिएको छ । नेपालमा नै ठुलो र धेरै सख्यामा मानिसहरुको उपस्थित हुने यो कुलपुजा हेर्नका लागी टाढाटाढा बाट दर्शकहरु समेत हेर्न आउने गर्दछन् । जहा पुजा तथा बाजागाजाका साथ रमाईलो समेत हुने गर्दछ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।