बौद्ध झण्डोत्तोलन गरी २५६२औं बुद्ध जयन्तीका कार्यक्रमहरुको शुभारम्भ

0
734

पाल्पा । २५६२औं बुद्ध जयन्तीको उपलक्ष्यमा बौद्ध झण्डोत्तोलन कार्यक्रम गरी तानसेन, पाल्पामा बुद्ध जयन्तीका कार्यक्रमहरु विधिवत् रुपमा शुभारम्भ गरिएको छ ।

ज्ञानमाला संघले आनन्द विहार, तानसेनमा आयोजना गरेको उक्त बौद्ध झण्डोत्तोलन कार्यक्रममा अन्तर्राष्ट्रिय परियत्ति उदय विहार, डिंगरकुवा, रुपन्देहीका श्रद्धेय भिक्षु विशालज्ञानज्यूको करकमलबाट विधिवत् रुपमा दीप प्रज्वलन सहित बौद्ध झण्डोत्तोलन गरी सुसम्पन्न गरीएको छ । उक्त कार्यक्रमको अवसरमा भिक्षु विशालज्ञानज्यूबाट सहभागीहरु सबैलाई पंचशील ग्रहण गराउनुका साथै परित्राण सूत्र पाठ समेत गरीएको थियो ।
उक्त कार्यक्रम पश्चात् बीरेन्द्र पार्क परिसरबाट शान्ति पदयात्रा कार्यक्रम शुभारम्भ पूर्व कार्यक्रम संयोजक एवं ज्ञानमाला संघका उपाध्यक्ष सरोजलाल शाक्यले सहभागीहरुलाई स्वागत गर्नु हुँदै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

बुद्ध जयन्ती मूल समारोह समिति, पाल्पाका अध्यक्ष एवं ज्ञानमाला सभाका अध्यक्ष केशवलाल बज्राचार्य र ज्ञानमाला संघ, आनन्द विहार, तानसेनका अध्यक्ष विनयराज बज्राचार्यले बुद्ध जयन्ती सबै नेपालीहरुको हर्ष र गौरवको दिन भएकोले बुद्ध जयन्तीका हरेक कार्यक्रमहरुमा सबै जना सहभागी हुनुपर्ने वताउँदै विश्व शान्तिका प्रवर्तक भगवान बुद्धको शान्ति सन्देश विश्वभरी नै पैmलाउनु जरुरी रहेको बताउँदै शुभकामना मन्तव्य व्यक्त गरे ।

त्यस पश्चात शान्ति पदयात्रा टुँडिखेल हुँदै भिमसेन टोल, नारायण टोल, असन टोल, मखन टोल, शित्तलपाटी, भगवती टोल, टक्सार टोल, सिल्खान टोल, बडिज्ञान टोल हुँदै आनन्द विहारमा आई ज्ञानमाला संघ आनन्द विहार तानसेनका अध्यक्ष विनयराज बज्राचार्यबाट धन्यवाद ज्ञापन पश्चात पुण्यानुमोदन गरी कार्यक्रम समापन गरीएको थियो । कार्यक्रममा विभीन्न बौद्ध संघसंस्थाका पदाधिकारी सदस्यहरु विभीन्न विद्यालयका विद्यार्थीहरु लगायत विभीन्न टोल विकास संस्था र ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय, पाल्पा शाखा तथा संघ सदस्यहरुको सहभागीता रहेको थियो ।

यस्तै गरी आज कै दिन बौद्ध महिला सेवा समिति, आनन्द विहार तानसेनले दर्लमकाली मा.वि., दर्लमडाँडा, पाल्पाका जेहेन्दार छात्राहरुलाई एक कार्यक्रमको आयोजना गरी दर्लमकाली मा.वि., दर्लमडाँडामा शैक्षिक सामाग्री बितरण र बौद्ध महिला आजिवन दायक समिति, टक्सार टोल तानसेनले लम्बिनी मेडिकल कलेज प्रभास र पाल्पा अस्पतालका विरामीहरुलाई फलपूmल वितरण कार्यक्रम सम्पन्न भएको सुरेशमान बुद्धाचार्यले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।