सत्यवाती तालमा खाना महोत्सव हुने

0
3036

सुनिल कार्की । पाल्पा
तिनाउँ गाउँपालिका वडा नं ४ सत्यवती तालमा बृहत खाना महोत्सव हुने भएको छ । सिमसार क्षेत्रमा पर्ने सत्यवाति तालको संरक्षणका साथै स्थानिय स्तरमा रहेका खानाका परिकार र होमस्टेको प्रर्वद्धनको लागि खाना महोत्सव गर्न लागिएको हो ।

अति नै महत्वपुर्ण क्षेत्रको रुपमा मानिने सिमसार क्षेत्र अन्तरगर्तपर्ने सत्यवती तालको संरक्षण एवम प्रचारप्रसार गर्न ,मगरी संस्कृतिमा आधारित होमस्टेको संञ्चालन गरि स्थानिय लोक संस्कृतिको जगेर्ना गर्न महोत्सव गर्न लागिएको आयोजक तिनाउँ गाँउपालिका वडा नं ४ को वडा कार्यालयले जानकारी दिएको छ ।
सांस्कृतिक एवम धार्मिक महत्वको प्रचुर सम्भावना बोकेको तिनाउँ गाँउपालिक वडा नं ४ कोलडाडामा रहेको सत्यवाति ताल पछिल्लो केहि वर्ष यता विस्तारै सुक्दै गएको , तालको आकार घटछ्दै गएको, तालवरपर रहेको धार्मिक वनको प्रचारप्रसार गर्न र भुक्षयको चपेटामा परेको सत्यवाति ताललाई पहिरोबाट जोगाउन कार्याक्रम गर्न लागिएको स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्र पाल्पाका निर्देशक राम बहादुर राउतले बताए । उनले यस सत्यवती तालको महिमालाई अझ बढाई , घट्दो तालको आकारलाई बढाइ तालको महत्व बुझाइ स्थानियलाई स्वयम ताल संरक्षणमा जागरुप बनाउन , सत्यवाति तालआसपासमा रहेको धार्मीक वनमा रुद्रक्ष , कपुर लगायतको विरुवाको रोपण गर्ने महोत्सव आयोजना गरिएको बताए ।

संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम, विशव वातावारण कोष र साना अनुदान कार्यक्रम को आर्थिक सहयोग र स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्रको समन्वय र तिनाउँ गाँउपालिका वडा नं ४ कोलडाडा सत्यवातिको आयोजनमा यही वैशाख १७ गते चण्डीपुर्णिमाको अवसरमा खाना महोत्सव हुन लागेको हो ।
खाना महोत्सवमा वडा नं ४ कोलडाडा सत्यवतीमा उत्पादन हुने स्थानिय स्तरका खानाका परिकारहरु गिठ्ठा, तरुल , पिडालुका परिकारहरु , कोदाको रोटि ,सेल्रोटिका परिकार , लोकल आलुका परिकार , स्थानिय पिठाका परिकार , केराका विभिन्न परिकार , सिस्नो र सिब्लीगानका परिकार एवम स्थानिय स्वास्थ्य ब्रर्दक खाना परिकारहरु स्टलमा राखिने वडा अध्यक्ष एवम कार्यक्रमका आयोजक दान बहादुर गाहाले बताए ।

सेक्टर वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोख्रेरल र भुम्सा इलाका वन कार्यालय दोभानका सहायक वन अधिकृत चन्द्र बहादुर भाटले खाना महोत्सको आयोजानाबाट सत्यवाति धार्मिक वनको प्रसार प्रसार र संरक्षण्मा टेवा पुग्ने भन्दै खाना महोत्सवले स्थानिय स्तरमा उत्पादन हुने परिकारको विक्रीबाट आर्थिक समृद्धि हासिल हुने बताए ।

स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्रका कार्यक्रम संयोजक प्रेम कार्कीले खाना महोत्सवको तयारी अन्तीम चरण्मा पुगेको जानकारी दिए । कार्यक्रममा प्रदेश नं ५ का पर्यटन मन्त्री लिला गीरीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमा प्रदेश नं ५ सासद , पर्यटन व्यावसायि गरि एक लाख बढि दर्शकले अवालोकन गर्न आयोजकले दावी गरेको छ । फोटो गुगल