जनउत्थानको आठौं वार्षिक उत्सवको अवसरमा भैरव मन्दिरमा सरसफाई

0
582

पाल्पा । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंंकको आठौं वार्षिक उत्सवको अवसरमा सरसफाई तथा डस्विन वितरण कार्यक्रम पाल्पामा सम्पन्न भएको छ ।

बैंकको तानसेन शाखा र हार्थोक शाखाको संयुक्त आयोजनामा रिब्दीकोट गाउँपालिका–४ स्थीत भैरव मन्दिर परिसरमा सरसफाई गरिएको हो । साथै सोही अवसरमा मन्दिरबाट निस्कने फोहोर व्यवस्थापनको लागि डस्विन प्रदान गरिएको छ । बैंक तानसेन शाखा प्रमुख टोपेन्द्र विश्वकर्माले मन्दिर व्यवस्थापन समितिका सदस्य उमनप्रताप राणा र मूल पूजारी जितनाथ योगीलाई डस्वीन हस्तान्तरण गरे ।

प्रमुख विश्वकर्माले बैंकले वित्तिय कारोबारसँगै सामाजिक कार्य गर्दै आएको भन्दै भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि डस्विन सहयोग रहेको बताए । बैंकले गएको वर्ष यस मन्दिर परिसरमा बोधिचित्त, सिलङ्गे, कपुर, धुपिसल्ला, तेजपात, लगायतका सय भन्दा वढि विरुवा रोपिएको बताए । सोही विरुवाको गोडमेल गर्नुका साथै मन्दिर परिसरमा सरसफाई समेत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका–४ का वडा अध्यक्ष दुर्गाप्रसाद खनालले वित्तिय कारोबार गर्ने बैंकले गरेको सामाजिक कार्य सह्रानिय भएको बताए । उनले मन्दिरलाई हरियाली बनाउने काममा सहयोग गरेको प्रति धन्यवाद दिदै यहाँ रोपिएका विरुवा संरक्षणमा आफुले पनि भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्माले पछिल्लो समयमा लघुवित्त, शहकारी र बैंकबाट लिएको ऋणको दुरुपयोग भइरहेको भन्दै समुहकै सक्रियतामा गरिएको यस्ता कामले ऋणको सहि सदुपयोग गर्न र जिविकोपार्जनको लागि व्यवसाय गर्न सदस्यलाई प्रोत्साहित गर्ने बताए ।

शाखा प्रमुख टोपेन्द्र विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बैंकको तानसेन शाखा अन्र्तगत प्रगतिशील बैंकिङ सामुदायिक तानसेन समुहका प्रमुख गोपी श्रेष्ठ, हार्थोक शाखा अन्तर्गत गण्डकी महिला बैंकिङ समुदायकी प्रमुख खुमादेवी पल्लीले बैंकले गरेका सकारात्मक कामले समुदायलाई परिर्वतन गर्न सहयोग पुगेको बताए । तानसेन शाखामा कार्यरत अञ्जना विश्वकर्माको स्वागत र हार्थोक शाखाकी प्रमुख गंगा नेपालीको संचालनमा कार्यक्रम चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।