मानवअधिकारकर्मीले भने–बजार अनुगमनलाई निरन्तरता दिनुपर्छ

    0
    651

    पाल्पा । जिल्लामा क्रियाशील मानवअधिकार सम्वद्ध संघ संस्थाहरुहरुले बजार अनुगमनलाई नियमितता दिन प्रमुख जिल्ला अधिकारीलाई बिहीवार लिखित ध्यानाकर्षणपत्र बुझाएका छन् ।

    बजार अनुगमनले एकातिर ब्यवस्थित बजारका लागि सहयोग गर्छ भने अर्कोतिर मानवीय स्वास्थ्य रामो बनाउन मद्धत गर्ने भन्दै मानवअधिकारकर्मीहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुँदै आएको बजार अनुगमनले केही महिना यता नियमितता पाएको देखिएको छैन । जसका कारण बजारमा म्याद गुज्रेका खाद्य बस्तु बिक्री बितरण भएको, उपभोग्य बस्तुको बजार मुल्य भन्दा बढी लिने गरेको उपभोक्ताहरुको गुनासो आइरहन्छ, आइरहेका छन् । उक्त ध्यानाकर्षपत्रम उल्लेख छ ।

    सदरमुकाम तानसेन लगायत स्थानीय ग्रामीण बजारहरुमा बजार अनुगमन नियमित नहुँदा दैनिक उपभोग्य बस्तुसँगै फेन्सी, होटल रेष्टुरेन्ट सुनचादी बजारमा उपभोक्ताहरुले ठगिनु परेको गुनासो बेला बेलामा आइरहन्छ । यस्तो संवदेनशील विषयमा समय समयमा नियमित र प्रभावकारी अनुगमन नहुँदा स्थानीय प्रशासन र बजार प्रतिको उपभोक्ताको धारणा कमजोर हुन सक्ने भन्ने ध्यानाकर्षण गराइएको मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीले बताए ।

    ध्यानाकर्षणपत्रमा मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, नेपाल बार एसोसिएसन पाल्पाका अध्यक्ष जोग बहादुर बिक, शान्तिका लागि साझा अभियान (कोक्याप) क्षेत्रीय संयोजक राजेन्द्र प्रसाद बस्याल, इन्द्रेणी समाज केन्द्रका व्यवस्थापक रुद्र मश्रांगी, सहकार्य नेपालका सचिव नेत्र गैरे, मानवअधिकार निगरानी समूहका सदस्य अनु खनालले हस्ताक्षर गरेका छन् ।

    जिल्लामा बजारको नियमित अनुगमनका लागि छुट्टै अनुगमन अधिकृतको ब्यवस्था गर्नको लागि केन्द्र र प्रदेश सरकारसित समन्वय हुन आवश्यक देखिन्छ । पछिल्लो परिवर्तित समयमा स्थानीय तह (नगरपालिका र गाउँपालिका) जनप्रतिनिधि सहित सुजज्जित र अधिकार सम्पन्न हुँदै आएको अवस्थामा उनीहरुलाई पनि यस कार्यमा संलग्न र जिम्मेवार बनाउन उचित समन्वयको खाँचो देखिएको छ । ब्यवसायीहरुको साझा संस्था उद्योग बाणिज्य संघ, उपभोक्ताको हित हेर्ने अन्य संघसंस्थासँग सहकार्य गरि समय समयमा अन्र्तक्रिया र सचेतनामूलक कार्यक्रमको आवश्यकता महसुस भएको छ । ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

    ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले अहिले जिल्लामा कर्मचारी आवश्यकता भन्दा कम भएकोले बजार अनुगमनले निरन्तरता पाउन नसकेको बताए । उनले आगामी दिनमा प्रशासन कार्यालयले स्थानीय तहहरुसित समन्वय गरि बजार अनुगमनलाई निरन्तरता दिने बताए ।